मर्स्याङ्दी गाउँपालिकाका चारसय ४३ जनाले पाए रोजगार
लमजुङको मर्स्याङ्दी गाउँपालिकाका ४ सय ४३ जना युवाले रोजगार पाएका छन् । गाउँपालिकामा सञ्चालन भएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत युवाले रोजगार पाएका हुन् । आर्थिक बर्ष ०७८/७९ को साउनदेखि फागुन मसान्तसम्म सो संख्याका युवाले रोजगार पाएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा सूचीकृत बेरोजगार संख्या २ हजार ३०० जना रहेका छन् । पुरुष १ हजार ३ सय ६३ जना र महिला ९ सय ३७ जना छन् । तीमध्ये मापदण्ड पुगेका नागरिकले रोजगार पाएका हुन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि कुल ५९ योजना रहेको बताइएको छ । १३ वटा योजना सम्पन्न भएका छन । रोजगार पाएकाहरुले सिँढी बाटो, मोटरबाटो सोलिङ, नयाँ बाटो खोल्ने र नाली निर्माणको काम गरेका छन् । केहीले सय दिन काम गरिसकेका छन् । केहीले काम गर्नेक्रममा छन् । एक जनाले दैनिक ५ सय ७७ रूपियाँका दरले पारिश्रमिक पाउँछन् ।
उनहरूले एकमुष्ट ५७ हजार ७०० रुपियाँ पाउने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले बताए । कार्यक्रमका लागि कुल बजेट २ करोड ८० लाख २० हजार रुपैयाँ छ । कामदारलाई आवश्यक सुरक्षित सामग्री गाउँपालिकाले प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगारीको अवसर सिर्जना गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ
-
संसदीय समितिको सभापति गुम्ने डरले मन्त्रालय विभाजन
-
बागमती प्रदेशको संसदीय समितिमा भागबण्डा, कांग्रेसलाई दुई समितिको नेतृत्व
-
मधेस प्रदेशमा जनमतले जसपा नेपाल नेतृत्वको सरकार स्वीकार नगर्ने
-
तेह्रथुममा ढाका महोत्सव सुरु
-
निःसन्तान दम्पतिलाई हार्दिक आईभीएफमा अब १ लाख ९९ हजारमै आईभीएफ सेवा