दिल्लीलाई दोस्रो जित निकाल्ने मौका
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (आइतबार) दुई खेलहरु हुँदैछन् । आज हुने पहिलो खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइड राइडर्ससँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार ३ः ४५ मा सुरु हुनेछ । आजको खेलमा दिल्लीलाई पहिलो जित निकाल्ने मौका छ ।
लिगमा तीन खेल खेलेको दिल्लीले एक खेलमा मात्र जित निकालेको छ । यता कोलकाता पनि आजको खेलमा जित निकाल्दै आफूलाई तालिकाको शीर्ष स्थानमा बलियो बनाउने योजनामा छ । कोलकाता लिगमा ४ खेल खेलेर ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । दिल्ली ३ खेल खेल्दै २ अंक जोडेर तालिकाको सातौं स्थानमा छ ।
आज नै हुने दोस्रो खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्ससँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार ७ः ४५ मा सुरु हुनेछ । आजको खेलमा राजस्थान सहज जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा छ । त्यसका लागि राजस्थानलाई कोलकाता र दिल्ली बीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।
यता लखनाउलाई पनि शीर्ष स्थानमा उक्लने मौका छ । दुबै टोलीले शीर्ष स्थानमा उक्लनलाई कोलकाताको हारको नतिजा आवश्यक हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण