मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

दिल्लीलाई दोस्रो जित निकाल्ने मौका

आइतबार, २७ चैत २०७८, ११ : ३८
आइतबार, २७ चैत २०७८

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (आइतबार) दुई खेलहरु हुँदैछन् । आज हुने पहिलो खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइड राइडर्ससँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार ३ः ४५ मा सुरु हुनेछ । आजको खेलमा दिल्लीलाई पहिलो जित निकाल्ने मौका छ ।

लिगमा तीन खेल खेलेको दिल्लीले एक खेलमा मात्र जित निकालेको छ । यता कोलकाता पनि आजको खेलमा जित निकाल्दै आफूलाई तालिकाको शीर्ष स्थानमा बलियो बनाउने योजनामा छ । कोलकाता लिगमा ४ खेल खेलेर ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । दिल्ली ३ खेल खेल्दै २ अंक जोडेर तालिकाको सातौं स्थानमा छ ।

आज नै हुने दोस्रो खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्ससँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार ७ः ४५ मा सुरु हुनेछ । आजको खेलमा राजस्थान सहज जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा छ । त्यसका लागि राजस्थानलाई कोलकाता र दिल्ली बीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

यता लखनाउलाई पनि शीर्ष स्थानमा उक्लने मौका छ । दुबै टोलीले शीर्ष स्थानमा उक्लनलाई कोलकाताको हारको नतिजा आवश्यक हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप