गठबन्धनमा चुनावी तालमेलको मोडालिटी बनाउने जिम्मा शीर्ष नेतालाई
पाँच दलीय गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिले स्थानीय तह निर्वाचनमा हुने तालमेलको मोडालिटी टुंगो लगाउने जिम्मा शीर्ष नेतालाई दिने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको समितिको बैठकमा तल्ला तहबाट आएका सुझावमा छलफल गर्दै ती सुझाव र प्रतिवेदनहरू शीर्ष तहको बैठकमा पेश गर्ने निर्णय गरेको काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
‘बैठकले स्थानीय निर्वाचनमा गठबन्धनलाई कसरी प्रभावकारी अघि बढाउने भन्नेमा बृहद छलफल भयो र भोली सोमबार ९ बजे शिर्षस्त तहमा बसेर निष्कर्षमा पुग्छौ’सुचना तथा सञ्चारमन्त्री समेत रहेका कार्कीले बैठकबारे जानकारी दिए ।
उनले तल्लो तहबाट आएका धेरै प्रतिवेदनमाथि छलफल भएको बताए । अधिकांश स्थानीय तहबाट प्रतिवेदन आएको पनि कार्कीले जानकारी दिए । उनले सोमबारको बैठकबाट कसरी अघि बढ्ने भन्ने ठोस निर्णय हुने जानकारी दिए ।
सरकारमा रहेको पाँच दलले स्थानीय निर्वाचनमा गठबन्धन कायम राख्न काँग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा समिति बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण