बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनमा चुनावी तालमेलको मोडालिटी बनाउने जिम्मा शीर्ष नेतालाई

आइतबार, २७ चैत २०७८, २० : १२
आइतबार, २७ चैत २०७८

पाँच दलीय गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिले स्थानीय तह निर्वाचनमा हुने तालमेलको मोडालिटी टुंगो लगाउने जिम्मा शीर्ष नेतालाई दिने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको समितिको बैठकमा तल्ला तहबाट आएका सुझावमा छलफल गर्दै ती सुझाव र प्रतिवेदनहरू शीर्ष तहको बैठकमा पेश गर्ने निर्णय गरेको काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

‘बैठकले स्थानीय निर्वाचनमा गठबन्धनलाई कसरी प्रभावकारी अघि बढाउने भन्नेमा बृहद छलफल भयो र भोली सोमबार ९ बजे शिर्षस्त तहमा बसेर निष्कर्षमा पुग्छौ’सुचना तथा सञ्चारमन्त्री समेत रहेका कार्कीले बैठकबारे जानकारी दिए । 

उनले तल्लो तहबाट आएका धेरै प्रतिवेदनमाथि छलफल भएको बताए । अधिकांश स्थानीय तहबाट प्रतिवेदन आएको पनि कार्कीले जानकारी दिए । उनले सोमबारको बैठकबाट कसरी अघि बढ्ने भन्ने ठोस निर्णय हुने जानकारी दिए ।
सरकारमा रहेको पाँच दलले स्थानीय निर्वाचनमा गठबन्धन कायम राख्न काँग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा समिति बनाएको थियो ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप