पीटीआईका सांसदले नेसनल एसेम्ब्लीको सदस्यबाट सामूहिक राजीनामा दिने
पाकिस्तानमा सोमबार नयाँ प्रधानमन्त्रीका लागि निर्वाचन हुनुभन्दा केही मिनेटअघि पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) पार्टीका सांसदहरूले तल्लो सदन नेसन एसेम्ब्लीबाट सामूहिक राजीनामा दिने निर्णय गरेका छन् । सोमबार दिउँसो संसद भवनमा पीटीआई अध्यक्ष इमरान खानको अध्यक्षतामा बसेको पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।
‘संसदीय दलले आयातित सरकारको विरुद्धमा संसद सदस्यबाट राजीनामा दिने निर्णय गरेको छ’, पीटीआई केन्द्रीय सूचना सचिव फारुख हबीबले ट्वीटमा पुष्टि गरे । सो निर्णयपछि केही सांसदहरूले संसदबाट राजीनामा दिएको ट्विटरमा घोषणा गरेका छन् । पार्टीको घोषणापछि मुराद सइदले नेसनल एसेम्ब्लीको सदस्यबाट राजीनामा दिएका छन् । पार्टी निर्णयपछि संसद् सदस्यबाट राजीनामा दिने उनी पार्टीको पहिलो सांसद हुन् । पार्टीको नीतिअनुसार आफूले राजीनामा दिएको उनले पुष्टि गरेका छन् ।
विदेशी षडयन्त्रमा इमरान खानलाई सत्ताच्युत गरिएको उनले आरोप लगाए । ‘के विदेशीलाई पाकिस्तानमा सरकार गठन गर्न र तोड्ने अधिकार छ रु’ उनले प्रश्न गरेका छन् । त्यस्तै पूर्वसामुद्रिकमामिला मन्त्री अली हैदर जैदीले पनि ट्वीटरमा राजीनामाको घोषणा गरेका छन् । उनले पार्टी अध्यक्षलाई राजीनामा बुझाएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण