शाहबाज सरिफ पाकिस्तानको नयाँ प्रधानमन्त्री
भने-सत्यको जित, असत्यको हार भयो
सोमबार, २८ चैत २०७८, १९ : २४
पाकिस्तानको राष्ट्रिय सभाले शाहबाज सरिफलाई नयाँ प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । चुनावपछि सरिफले सभालाई सम्बोधन गरेका थिए ।
उनले इतिहासमै पहिलो पटक अविश्वासको प्रस्ताव सफल भएको र सत्यको जित, असत्यको हार भएको बताए । शाहबाज शरीफले आजको दिन ठूलो भएको र सदनले आज एक निर्वाचित प्रधानमन्त्रीलाई बाटो देखाएको र यो दिनलाई स्मरणीय दिनको रूपमा मनाउनुपर्ने बताए । पाकिस्तानी रुपैयाँ ८ रुपैयाँले बलियो भई १९० बाट १८२ मा फर्किएको उनले बताए ।
यस क्रममा शाहबाज शरीफले इमरान खानले बारम्बार भनिएको चिठीको सन्दर्भमा पनि जवाफ दिएका थिए । शहबाज शरीफले पत्र आएको झूटो भएको बताउँदै उनले अब दूधका दूध र पानीका पानी हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण