आईपीएल : हैदरावादको दोस्रो जित
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदरावादले दोस्रो जित निकालेको छ । सोमबार भएको खेलमा हैदरावादले गुजरात टाइटान्सलाई ८ विकेटले हराएको हो । मुम्बईमा गुजरातले दिएको १६३ रनको लक्ष्य पछ्याएको हैदरावादले १९ ओभर १ बलमा २ विकेट गुमाउँदै १६८ रन बनायो ।
हैदरावादका लागि कप्तान केन विलियमसनले ५७ रनको अर्धशतकीय पारी खेले । ४६ बल खेलेका उनले २ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै अभिषेक शर्माले ४२ रन बनाउँदा निकोलस पुरानले ३४ रनको योगदान गरे । बलिङतर्फ गुजरातका लागि हार्दिक पाड्या र राशिद खानले एक–एक विकेट लिए ।
यसअघि पहिलो ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनायो । गुजरातका लागि कप्तान हार्दिक पाड्याले अर्धशतकीय पारी खेले । ४२ बल खेल्दै ४ चौका र १ छक्काको सहयोगमा ५० रन बनाए ।
त्यस्तै अभिनव मनोहरले ३५ रन बनाउँदा म्याथु वेडले १९ रनको योगदान गरे । बलिङतर्फ हैदरावादका लागि भुवनेश्वर कुमार र नटराजनले दुई–दुई विकेट लिए । त्यस्तै मार्काे जेसन र उमर मलिकले एक–एक विकेट लिए ।
जितसँगै हैदरावादले २ खेलबाट ४ अंक जोडेको छ । हैदरावाद तालिकाको आठौं स्थानमा छ । यता पराजित गुजरात ४ खेलबाट ६ अंक जोडेर तालिकाको पाँचौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण