मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

आईपीएल : हैदरावादको दोस्रो जित

सोमबार, २८ चैत २०७८, २३ : ४८
सोमबार, २८ चैत २०७८

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदरावादले दोस्रो जित निकालेको छ । सोमबार भएको खेलमा हैदरावादले गुजरात टाइटान्सलाई ८ विकेटले हराएको हो । मुम्बईमा गुजरातले दिएको १६३ रनको लक्ष्य पछ्याएको हैदरावादले १९ ओभर १ बलमा २ विकेट गुमाउँदै १६८ रन बनायो ।

हैदरावादका लागि कप्तान केन विलियमसनले ५७ रनको अर्धशतकीय पारी खेले । ४६ बल खेलेका उनले २ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै अभिषेक शर्माले ४२ रन बनाउँदा निकोलस पुरानले ३४ रनको योगदान गरे । बलिङतर्फ गुजरातका लागि हार्दिक पाड्या र राशिद खानले एक–एक विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनायो । गुजरातका लागि कप्तान हार्दिक पाड्याले अर्धशतकीय पारी खेले । ४२ बल खेल्दै ४ चौका र १ छक्काको सहयोगमा ५० रन बनाए ।

त्यस्तै अभिनव मनोहरले ३५ रन बनाउँदा म्याथु वेडले १९ रनको योगदान गरे । बलिङतर्फ हैदरावादका लागि भुवनेश्वर कुमार र नटराजनले दुई–दुई विकेट लिए । त्यस्तै मार्काे जेसन र उमर मलिकले एक–एक विकेट लिए ।  

जितसँगै हैदरावादले २ खेलबाट ४ अंक जोडेको छ । हैदरावाद तालिकाको आठौं स्थानमा छ । यता पराजित गुजरात ४ खेलबाट ६ अंक जोडेर तालिकाको पाँचौं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप