प्रचण्ड र म एकैदिन होलटाइमर बनेको हो, विरोध हुँदा पार्टीमा अवसर पाइनँ : नारायण दाहाल
नवनियुक्त राष्ट्रियसभा सदस्य नारायण दाहालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफू एकैदिन पार्टीमा पूर्णकालीन (होलटाइमर) भएर हिँडेको बताएका छन् । आफू निरन्तर पार्टी काममा रहेको उल्लेख गर्दै उनले प्रचण्डलाई जोडेर आफ्नो विरोध हुने गरेका कारण आफूले पार्टीबाट धेरै अवसरहरू गुमाउनु परेको बताए ।
मंगलबार पद तथा गोपनीयताको शपथ दिएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘म मेरो हैसियतको कुरा गर्दाखेरी अध्यक्ष र म एकैदिन होलटाइमर भएर हिँडेको । म निरन्तर पार्टीमा छु । निरन्तर काम गरेको छु । मेरो त दाबी के हो भने यस्तै बाहिरका कुराहरूले गर्दा मैले पाउनुपर्ने जति अबसरहरु गुमाउनु परेको छ बरु ।’
प्रचण्डको परिवारमा छोराछोरीदेखि सबै र आफ्ना पनि छोरा, बुहारी, श्रीमती सबै हामी युद्धमै रहेको उल्लेख गर्दै भने, ‘दश वर्षको जनयुद्धमा हामी आफूलाई सम्पूर्ण रुपमा समर्पित भएर हिँडेकाहरूलाई अब अहिले आएर यो कुरा भन्ने कुरा त तुक त छैन । तैपनि यसलाई हामीले त्यही ढंगले सम्झाउने, बुझाउने गर्नुपर्छ भन्ने मलाई लाग्छ ।’
दाहालले देशको राष्ट्रियता, स्वाधीनता र राष्ट्रिय अखण्डताको लागि आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने पनि बताए । यस्तै उनले बजेटको प्रक्रिया नजिकिन लागेको उल्लेख गर्दै बजेटलाई देशको समृद्धिको पक्षमा लगाउन लाग्ने पनि बताए । दाहालले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाबाट राष्ट्रिय सभा सदस्यको रुपमा सपथ ग्रहण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण