कर्णालीमा गठबन्धनको बैठक बस्दै, चुनावी रणनीतिबारे छलफल हुने
बुधबार, ३० चैत २०७८, ०८ : ३७
कर्णाली प्रदेशमा पाँच दलीय गठबन्धन संयन्त्रको बैठक बस्दैछ । आज दिउसो नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय वीरेन्द्रनगरमा बैठक बस्न लागेको हो । मंगलबार स्थानीय निर्वाचनमा सत्ता गठबन्धनले तय गरेको भागबण्डाको मापदण्ड लगायत चुनावको रणनीति विषयमा बैठकमा छलफल हुने माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले रातोपाटीलाई जानकारी दिइन् ।
यसअघिका बैठकहरूमा प्रदेशमा दलहरूको ०७४ को चुनावमा आएको मत परिणाम के–कस्तो थियो भन्ने विषयमा रिपोर्टिङ प्रस्तुत गरेका छन् । गठबन्धनभित्रका दलहरू मध्ये ०७४ मा सबैभन्दा बढी जनमत माओवादी केन्द्रको रहेको थियो । एमाले विभाजनपछि एकीकृत समाजवादीको जनाधार विभाजित बनेकाले एकीकृतले त्यही अनुसारको रिपोर्ट प्रस्तुत गरेको थियो भने नेपाली काँग्रेसको जनमत ०७४ मा तेस्रो स्थानमा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
-
माझीटार बस्ती जोगाउन तटबन्ध निर्माण
-
कोशी प्रदेश सरकारको बजेट खर्च ६ वर्ष यताकै कम, विकास खर्च लगातार घट्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण