मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

काभ्रेपलाञ्चोकमा ३ लाख ३ हजार मतदाता, सबैभन्दा धेरै पनौती नगरपालिकामा

बुधबार, ३० चैत २०७८, ११ : २३
बुधबार, ३० चैत २०७८

वैशाख ३० गते हुने स्थानीय निर्वाचनको सरगर्मी बढ्न थालेको छ । राजनीतिक दलहरु निर्वाचनका लागि उम्मेदवारी चयनमा व्यस्त हुन थालेका छन् ।  काभ्रेपलाञ्चोक जिल्लामा पनि मुख्य पार्टीहरू कसरी उम्मेदवार चयन गर्ने भन्नेमा छन् । साना पार्टीहरू पनि चुनाव केन्द्रीत कार्यक्रममा व्यस्त हुँदैछन् । गठबन्धनकारी दलहरु भने भागबण्डा मिलाउन मै व्यस्त देखिन्छन् ।

जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख उमेशकुमार राईकाअनुसार २०७९ साल वैशाखमा हुने स्थानीय निर्वाचनका लागि जिल्लामा ३ लाख ३ हजार ५६० जना मतदाता रहेका छन् । जसमा पुरुष १ लाख ५४ हजार १८३, महिला १ लाख ४९ हजार ३७५ र तेस्रो लिङ्गी २ जना मतदाता रहेका छन् । 

जिल्लाका १३ स्थानीय पालिकामा १ सय ८९ मतदान केन्द्र र ३ सय ८१ मतदान स्थल रहेको निर्वाचन कार्यालयका प्रमुख राईले जानकारी दिए । 

कुन पालिकामा कति मतदाता ? 

धुलिखेल नगरपालिका
यो नगरपालिकामा २५ हजार ८०५ जना मतदाता रहेका छन् । यस नगरपालिकामा १२ हजार ६४५ पुरुष र १२ हजार ८६३ महिला मतदाता रहेका छन् । यहाँ १९ मतदान स्थल र ३४ मतदान केन्द्र रहने व्यवस्था गरिएको छ । 

बनेपा नगरपालिका

यो नगरपालिकामा ३७ हजार ५८१ जना  मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार बनेपा नगरमा पुरुष मतदाताको संख्या १८ हजार ३४० र महिलाको १९ हजार २४१ रहेको छ । यस नगरपालिकामा मतदान स्थल २४ र मतदान केन्द्र ४९ हुनेछ । 

पनौती नगरपालिका 

यो नगरपालिका जिल्लाकै सबैभन्दा धेरै मतदाता रहेको पालिका हो । पनौतीमा ३८ हजार १४५ जना मतदाता रहेका छन् । यहाँ १८ हजार ७७१ पुरुष  र १९ हजार ३६४ महिला मतदाता छन् । यहाँ २० मतदानस्थल र ४४ मतदान केन्द्र हुने व्यवस्था गरिएको निर्वाचन कार्यालयका प्रमुख राईले रातोपाटीलाई जानकारी दिए । 

नमोबुद्ध नगरपालिका

यो नगरपालिकामा यहाँ १६ मतदान स्थल र ३० मतदान केन्द्र रहनेछ । १३ हजार २९२ जना पुरुष र १२ हजार ६६० जना महिला मतदाता गरेर २५ हजार ९५२ जना मतदाता रहेका छन् । 

पाँचखाल नगरपालिका

यो नगरपालिकामा पुरुष मतदाताको संख्या १४ हजार ९११ र महिलाको संख्या १४ हजार ७८६ रहेको छ । यो नगरमा कुल मतदाताको संख्या २९ हजार ६ सय ९७ जना रहेको छ । यहाँ १८ मतदान स्थल र ३७ मतदान केन्द्र हुनेछ । 

मण्डनदेउपुर नगरपालिका

यो नगरपालिकामा यहाँ २८ हजार ५३१ जना कुल मतदाता रहेका छन् । १४ हजार ६४५ जना पुरुष र १३ हजार ८८६ जना महिला मतदाता यस नगरपालिका रहेका छन् । यो नगरपालिकामा १६ मतदान स्थल र ३६ मतदान केन्द्र हुनेछ । 

काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकामा यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि १० हजार ३०९ जना मतदाता रहेका छन् । जसमा पुरुष ५ हजार ४४३, महिला ४ हजार ८ सय ६५ र तेस्रोलिङ्गी १ जना मतदाता रहेका छन् । यस गाउँपालिकामा ९ मतदानस्थल र १५ मतदान केन्द्र रहनेछ । 

चौरी देउराली गाउँपालिकामा २० हजार १९१ जना मतदाता रहेका छन् । यहाँ पुरुष १० हजार ५६७ र महिला मतदाता ९ हजार ६२४ जना छन् । चौरी देउरालीमा ११ मतदानस्थल र २४ वटा केन्द्र रहनेछ । 

तेमाल गाउँपालिका 

यस पालिकामा २१ हजार १०८ जना मतदाता छन् । जहाँ ११ हजार ३ जना पुरुष र १० हजार १०५ जना महिला मतदाता छन् । यहाँ १२ मतदान स्थल र २७ मतदान केन्द्र हुनेछ । 

बेथानचोक गाउँपालिका
यो गाउँपालिकामा १३ मतदान स्थल र २३ मतदान केन्द्र रहने निर्वाचन कार्यालयले जानकारी दिएको छ । यस पालिकामा ७ हजार २७६ पुरुष र ७ हजार २७५ जना महिला मतदाता गरेर जम्मा मतदाताको संख्या १४ हजार ५५१ रहेको छ । 

भुम्लु गाउँपालिकामा ८ हजार ९४५ जना पुरुष, ८ हजार ७८ जना महिला र १ जना तेस्रो लिङ्गी मतदाता गरेर कुल मतदाताको संख्या १७ हजार २४ जना रहेको छ । यहाँ मतदानस्थलको संख्या १३ र केन्द्रको २३ रहेको छ । 

महाभारत गाउँपालिकामा  यहाँ ६ हजार ५४३ पुरुष र ५ हजार ८७७ जना महिला मतदाता गरेर कुल १२ हजार २४० जना मतदाता रहेका छन् । मतदानस्थल ८ र मतदान केन्द्र १६ रहेको छ ।  रोशी गाउँपालिकामा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान केन्द्रको संख्या १४ र केन्द्र २४ रहेको छ । यहाँ यस पालिकामा ११ हजार ७९२ पुरुष र १० हजार ७५१ जना महिला मतदाता छन् । जम्मा मतदाताको संख्या २२ हजार ५४३ रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप