अदलिखोला लघु जलविद्युत आयोजनाको ९५ प्रतिशत काम सकियो
गुठीचौर गाउँपालिकाकामा रहेको अदली खोलामा ४२ किलोवाटको लघु जलविद्युत आयोजना निर्माणको ९५ प्रतिशत काम पुरा भएको छ । गाउँपालिका वडा नम्बर १ गडिगाउँमा निर्माणधिन अवस्थामा रहेको आयोजनाको आज निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरराज गिरीले अनुगमन गरेका छन् । आयोजना अनुगमनमा पालिकाका अध्यक्ष हरिबहादुर भण्डारी पनि थिए ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरराज गिरीका अनुसार आयोजनाको करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ। १५ वैशाखभित्रै आयोजना निर्माणसम्पन्न गरिसक्न गुठीचौरका अध्यक्ष भण्डारीले निर्देशन दिएका छन् । उनले भने, ‘यो आयोजना जुम्लाकै लागि ठुलो र नमुना हो ।' आयोजनामा गाउँपालिकाले एक करोड एक लाखभन्दा बढी रकम विनियोजन गरेको छ। दुर्गम र विकास पूर्वाधारबाट पछाडी परेको बस्तीमा यो आयोजना निर्माणपछि उज्यालोको अनुभुति हुने अध्यक्ष भण्डारीले बताए ।
अदलिखोला लघु जलविद्युत आयोजनाको पावर हाउस, टनेल, निर्माणस्थलको अवलोकन समेत भएको छ । गाउँपालिका उपाध्यक्ष जानदेवी ऐडीले यहाँ उत्पादन हुने बिजुलीले गडिगाँउ, नापानी, मुनिगाउँ र डिल्लीकोटका उपभोक्ता लाभावान्वित हुने बताइन । उनका अनुसार एक नम्बर वडामा मात्रै तीन सय ६० घरधुरी छन् ।
त्यस्तै एक हजार आठ सय उपभोक्ताले बत्ती बाल्न पाउने वडा सचिव हरिश्चन्द्र गिरी बताउँछन् ।
आयोजनाका अपरेटर हिरालाल ऐडीले स्थानीय सरकारलाई एउटा तालिम उपलब्ध गराउन अनुरोध गरे । उनले जलविद्युतमा काम गर्दा मेसिनरी चिजसँग जोखिम छ। तालिम भए ढुक्कसँग काम गर्न पाइने थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
-
बीमाको ५१ प्रतिशत पहुँचको तथ्याङ्कमा कांग्रेस सांसद केरुङको आशंका : वास्तविक दायरा २५ प्रतिशत मात्रै !
-
रविसँगै संसद् बैठकमा प्रधानमन्त्री बालेनको इन्ट्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण