गाउँपालिकाले गरेको लोभलाग्दो काम : आफैले बाख्रापालन गरेर बेच्छ
दैलेखको भगवतीमाई गाउँपालिकाले व्यावसायिक कृषि, पशुपालन र पूर्वाधारलाई विशेष आधार बनाएर विकासको गतिमा लम्किँदै गएको छ । गाउँपालिकाको सातवटै वडामा शिक्षा, स्वास्थ्य, सडक विकासमा तीव्रता दिँदै अगाडी बढेको गाउँपालिका अध्यक्ष दान बहादुर थापा बताउँछन् ।
व्यावसायिक कृषि पशुपालनमा जोड दिएर गाउँपालिकाको आर्थिक स्तर उकास्नलाई पालिकाले आफ्नै लगानीमा बाख्रा फर्म सञ्चालन गरेको छ ।
पशुपालनका लागि उपयुक्त रहेको भगवतीमाई गाउँपालिका –१ पगनाथमा सञ्चालन गरेको वडा अध्यक्ष मान बहादुर बुढाले बताए । गाउँपालिकाको आर्थिक उन्नतीको लागि गाउँपालिकाले कृषि र पशुपालनमा जोड दिँदै आएको छ,’उनले भने, ‘कृषि पशुपालनको प्रचुर सम्भावना रहेको भगवतीमाई १ मा बाख्रा फर्म सञ्चालन गरिएको हो ।’
भगवतीमाई गाउँपालिका १ को पगनाथमा एक करोडको लागतमा सञ्चालन गरिएको छ । वडा अध्यक्ष मान बहादुर बुढाका अनुसार कृषि पशुपालनलाई मुख्य प्राथमिकतामा राख्दै पालिकाको आर्थिक स्थिति उकास्न २०७७ देखि बाख्रा फर्म सञ्चालन गरिएको थियो । गाउँपालिकाले बाख्रा फर्म सञ्चालन गर्दा सुरुमा खरिजातको ५० वटा माउ बाख्रा चारवटा ठूलो बोका गाउँपालिकाले खरिद गरेको थियो । खोरमा अहिले एकसय १५ वटा बाख्रा रहेका छन् ।
तीनजनालाई रोजगारी
पालिकाले सञ्चालन गरेको बाख्रा फर्म रेखदेख गर्नको लागि पालिकाले तीन जनालाई रोजगारी समेत दिएको छ । बाख्राको रेखदेख गर्नको लागि दुई जना बाख्रा हेरालु, र एक जना पशु प्राविधिक राखेको छ ।
कृषि पशुपालनमा विशेष जोड दिँदै गाउँमै तीन जनालाई रोजगारी पाउँदा आफूहरू खुसी भएको प्राविधिक विमल थापा बताउँछन् । पालिकाले आफै बाख्रा फर्म सञ्चालन गरेर एक उदाहरण पेस गरेको छ,’उनले भने, ‘बाख्राबाट राम्रै नाफा भइरहेको छ । बाख्रालाई दानापानी र औषधी दिएको महिनामा २० हजार भए पुग्छ ।’
दुई वटा खोरहरू बनाएर ५०/५० बाख्रा खरिद गरेर २०७७ मा खोरमा हालिएको थियो । तिनै एक सय वटा बाख्राबाट उत्पादन भएका बाख्रा समूहबाट बिक्री वितरण गरेर गाउँपालिका नाफामा रहेको वडा अध्यक्ष बुढाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडा कपडा उद्योग : कार्यदलले बुझायाे प्रतिवेदन, परीक्षण उत्पादनका लागि आवश्यक कार्य सुरु
-
मुग्लिङ-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
-
आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु
-
‘जलनले छालामात्र होइन, भित्री अङ्ग पनि बिगार्छ’
-
सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल
-
बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण