कर्णालीका प्रत्येक पालिकामा बहुप्राविधिक विद्यालय स्थापना गर्न शिक्षा मन्त्री पौडेललाई १२ बुँदे ज्ञापन पत्र
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कर्णाली प्रदेश समितिले १२ बुँदे ज्ञापन पत्र बुझाएको छ । मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागि हुन सुर्खेत आएको अवसरमा मन्त्री पौडेललाई ज्ञापन पत्र बुझाइएको हो ।
उक्त ज्ञापन पत्रमा शिक्षा स्वास्थ्यलाई निशुल्क गराउन तत्काल सरकारको प्राथमिकतामा राखि युवाहरुलाई रोजगारीको ग्यारेन्टी गर्नका लागि कर्णाली प्रदेशलाई उचित तरिकाले महत्व दिन आग्रह गरिएको छ । अखिल क्रान्तिकारी प्रदेश समितिका अध्यक्ष राजेन्द्र बुढाले कर्णालीका प्रत्येक पालिकामा कम्तिमा पनि एउटा आवासीय सुविधासहितको बहुप्राविधिक विद्यालय स्थापना गर्न, सोही अनुसारको विभिन्न संकाय अध्ययन अध्यापन हुने माध्यमिक विद्यालयको व्यवस्था गर्न आग्रह गरिएको बताए ।
ज्ञापन पत्रका भनिएको छ,‘सहिद र बेपत्ता सन्ततिलाई स्नातकतहसम्म अध्ययन निःशुल्क गर्नका लागि पहल गर्नुपर्ने, पढ्दै कमाउँदै कार्यक्रम व्यापक गराउनुपर्ने, उच्च शिक्षा प्राप्तिका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियतपूर्ण उद्यमशील सहज शैक्षिक ऋणको व्यवस्था गर्नुपर्ने गरिब, मजदुर र विद्यार्थीलाई रासन कार्डको व्यवस्था गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडा कपडा उद्योग : कार्यदलले बुझायाे प्रतिवेदन, परीक्षण उत्पादनको तयारी
-
मुग्लिङ-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
-
आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु
-
‘जलनले छालामात्र होइन, भित्री अङ्ग पनि बिगार्छ’
-
सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल
-
बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण