अष्ट्रेलियाका ठूला सहरमा क्वारेन्टाइनमा बस्नुपर्ने नियम खारेज
बुधबार, ०७ वैशाख २०७९, २२ : ०६
अष्ट्रेलियाका अत्यधिक धेरै जनसङ्ख्या भएका दुई सहरमा क्वारेन्टाइनमा बस्नुपर्ने नियम हटाइएको छ ।
सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार न्यु साउद वेल्स र भिक्टोरिया सहरमा सरकारले क्वारेन्टाइनसम्बन्धी नियम हटाएको हो ।
योसँगै अब चाँडै अन्य कडा प्रतिबन्धात्मक व्यवस्था पनि हट्ने अपेक्षा गरिएको छ । ती राज्यहरुमा यसअघि कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरु कम्तीमा सात दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको थियो ।
यो नियमका कारण धेरै काम तथा व्यापार व्यवसायमा असर परेकाले समस्या भएको आवाज उठेपछि सरकारले हटाउने निर्णय गरेको हो ।
सङ्क्रमित भए पनि कुनै स्वास्थ्यमा समस्या नभएकाहरु पनि सात दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने नियमले कतिपय कार्यालयमा कर्मचारी व्यवस्थापनमा सबैभन्दा ठूलो समस्या भएको अधिकारीहरुले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण