गठबन्धनको निर्णय विपरित पोखराको मेयरका लागि काँग्रेसबाट १८ जनाको नाम सिफारिस
नेपाली काँग्रेस पोखराले मेयर र उपमेरको आकांक्षीहरुको नाम केन्द्रमा पठाउने भएको छ । महानगर अन्तर्गतका सभापतिहरूको भेलाले दुवै पदका आकांक्षीको नाम जिल्लामा पठाउने र जिल्लाले प्रदेश हुँदै केन्द्रमा पठाउने निर्णय गरिएको हो ।
पोखराको मेयर पद एकीकृत समाजवादीलाई दिने केन्द्रीय सत्ता गठबन्धनले बुधबार साँझ निर्णय गरेपछि स्थानीय स्तरमा काँग्रेस नेता कार्यकर्ताहरु रुष्ट छन् । पोखरा महानगर समितिले त्यसको विरोधमा जिल्ला कार्यालयमा तालाबन्दी गरिदिएको छ । त्यसपछि वडा सभापतिहरूको बैठक बसेको थियो । बैठकमा पोखराको नेतृत्व एकीकृत समाजवादी दिने निर्णयको विरोध भएको छ । उनीहरुले स्थानीय परिस्थितिको आँकलन नगरी केन्द्रबाट निर्णय लाद्ने काम भएकोमा आपत्ति जनाएका छन् ।
गठबन्धनलाई स्वीकारे पनि नेतृत्व काँग्रेसले नै पाउनुपर्ने उनीहरुको अडान छ । महानगर समितिको सचिव गणेशबहादुर थापाले भने, ‘मेयर पद हामी अझै छोड्न सक्दैनौं । नेतृत्व काँग्रेसले पाउनुपर्नेमा हाम्रो जोडदार माग छ ।’ पोखराको मेयरका लागि काँग्रेसबाट १८ र उपमेयरमा १० जनाले नाम टिपाएका छन् ।
मेयरमा सुदिपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मल प्रसाद कर्माचार्य, कृष्ण बहादुर केसी, बाबुराम आचार्य, सरस्वती गुरुङ, नन्द प्रसाद तिवारी, गंगाधर पराजुली, विरेन्द्र नारायण विजुक्छे, विश्वशंकर पालिखे, किशोरदत्त बराल, विन्दुकुमार थापा, बाबुराम गिरी, गणेश बहादुर भट्टराई, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे र ऋषि सापकोटा आकांक्षी छन् ।
उपमेयरमा माया बराल कार्की क्षेत्री, लक्ष्मी पाण्डे क्षेत्री, रंगिला आचार्य, आनन्दी राणा कार्की, टिका कुमारी गुरुङ, दिपक मल्ल, मिलन थापा, चिनु गुरुङ, शिव केसी र गोविन्द नेपालीले नाम टिपाएका छन् । उनीहरु सबैको नाम जिल्लामा सिफारिस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण