आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

ब्यारेकमा गोली लागेकी महिला सैनिक जवानको मृत्यु

बिहीबार, ०८ वैशाख २०७९, ०८ : ४९
बिहीबार, ०८ वैशाख २०७९

गत राति गोली लागेर गम्भीर घाइते भएकी कपिलवस्तुस्थित शमशेर दल गण गोरुसिङ्गे ब्यारेककी महिला सैनिक जवानको बिहीबार बिहान मृत्यु भएको छ । त्यस ब्यारेकमा सिपाही पदमा रहेकी झापाको गौरहदह नगरपालिका १ की २४ वर्षीया कोपिला राजवंशीको मृत्यु भएको हो ।

उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज*मा उपचारका क्रममा मृत्यु भएको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार राति ब्यारेक भित्रको पोस्टमा डियुटीमा रहेको बेला राइफल ( एम १६ ) आफैले आफै तिर फायर गरी आत्महत्याको प्रयास गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । गोली लागेर गम्भीर घाइते भएकी उनलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिए पनि अवस्था निकै गम्भीर भए पछि नलगिएको प्रहरीको भनाइ छ । सैनिक स्रोतका अनुसार केही दिन अघि मात्र गोरुसिङ्गे ब्यारेकमा शमशेर दल गण सरुवा भएर आएको थिइन् । 

* सच्याइएको

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप