स्वास्थ्य सेवा कार्यालयका प्रमुखलाई कालोमोसो दल्ने नेकपाका कार्यकर्ता पक्राउ
शनिबार, १० वैशाख २०७९, १३ : ४३
स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टिकाराम जैसीलाई ३० फागुनमा कार्यकक्षमै कालोमोसो र जुत्ताको माला लगाउने विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेका छन् । शनिवार बिहान प्रहरीले उनीहरूलाई पक्राउ गरेको जाजरकोटका डिएसपी सन्तोष निरौलाले जानकारी दिए ।
उनका अनुसार भेरी–१ पिपे घर भएका युवा संगठनको अध्यक्ष ३१ वर्षीय डिलबहादुर राना, कुसे गाउँपालिका–५ घर भइ युवा संगठनका इन्चार्ज २६ बर्षीय गोविन्द चन्द र भेरी नगरपालिका–७ घर भइ अखिल क्रान्तिकारीका संयोजक दिपेन्द्र सिंह पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरूमाथि प्रमुख जैसीलाई विभिन्न आरोप लगाउँदै कार्यकक्षमै जुत्ताको माला र मोसो दलेको आरोप लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिडिया हाउसको गेट अगाडि सरकार स्वयंले गाडी पार्क गरेको कांग्रेस सांसद गुरुङको आरोप
-
खुट्टामा गोली लागेका जेनजी आनन्द भन्छन्ः सरकाले हामीलाई बिदेसिन बाध्य बनायो
-
मोटरसाइकल दुर्घटनामा घाइते दुई जनाको उद्धार
-
सुदूरका मुख्यमन्त्रीलाई गगनकाे सुझाव : बजेट विवाद सहमतिबाट समाधान गर्नुहाेला
-
अर्को सूचना जारी नभएसम्मका लागि नारायणगढ–मुग्लिन सडक बन्द, यात्रा नगर्न आग्रह
-
बागमतीमा सत्ता संघर्षः एमालेमा दल नेताको विवाद बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण