वीरेन्द्रनगरको मेयरमा काँग्रेसबाट सात जनाको नाम सिफारिस
शनिबार, १० वैशाख २०७९, १४ : ३६
नेपाली काँग्रेसले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा प्रमुखका लागि सात जनाको नाम सिफारिस गरेको छ । नेपाली काँग्रेसको वीरेन्द्रनगर नगर कार्य समितिले शुक्रबार चार जनाको नाम सिफारिस गरेको थियो । नगर कार्य समिति सिफारिस गरेको तीन जनाको नाममा काँग्रेस संस्थापन पक्ष इतरले असन्तुष्टि जनाएपछि थप तीन जनाको नाम सिफारिस गरेर जिल्ला कार्य समितिमा पठाएको हो ।
नगर कार्यसमितिले उपेन्द्र थापा, चाँदनी ढकाल र हरि विष्टको नाम सिफारिस गरेको थियो । नगर समितिले पठाएका नामका बारेमा कार्यसमिति मै असन्तुष्टि बढेपछि क्षेत्रीय कार्य समितिले चार जनाको नाम थप गरेको हो । गोविन्द कोइराला, नारायण सापकोटा, नारायण कोइराला र भूपेन्द्र खत्रीको नाम थप गरेर सात जनाको नाम जिल्ला कार्य समितिमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुराँस गाउँपालिकाको ठेक्कामा हिनामिना : तत्कालीन प्रशासकीय अधिकृत र ठेकदार दोषी ठहर
-
मिनी क्यासिनो बन्द हुने अवस्था, ५ हजार श्रमिकको रोजगारी संकटमा
-
शङ्कास्पद गाडी पार्किङको विषय संसदीय समितिमा उठ्यो
-
‘नक्कली जरिवाना’ भाइरल भएपछि विभागले दियो कारबाहीको चेतावनी
-
एसिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्कको अध्यक्षमा डा. जगदीशकुमार क्षेत्री
-
पहिरोको जोखिमपछि हेटौँडामै रोकिए काठमाडौँ जाने सवारीसाधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण