रौतहटमा पुरुषको शव फेला, मारेर फालेको आशंका
आइतबार, ११ वैशाख २०७९, १२ : ०३
रौतहटको देवाही गोनाही नगरपालिका ५ मा बेवारिसे अवस्थामा पुरुषको शव फेला परेको छ । स्थानीय पृथ्वी राउतको बगैँचामा अन्दाजी ३० वर्षका पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय देवाही गोनाहिका प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए ।
स्थानीयले उक्त शवलाई देखेर प्रहरीलाई खबर गरेका थिए। फेला परेको शव कुहिएको अवस्थामा रहेकाले पहिचान खुल्न नसकेको तथा पोष्टमार्टमका लागि तृबी शिक्षण अस्पताल काठमाडौं पठाइएको इन्स्पेक्टर लम्सालले जानकारी दिए । पुरुषको हत्या गरेर शवलाई फालेर गएको हुनसक्ने अनुमान रहेको ईलाका प्रहरी कार्यालय देवाही गोनाहिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण