वीरेन्द्रनगरमा मेयरदेखि वडाध्यक्षसम्म एमालेको उम्मेदवार तय
कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एमालेले मेयरदेखि वडाध्यक्षका उम्मेदवारहरूको टुंगो लगाएको छ। नगरपालिकाको मेयरमा मोहनमाया ढकाल (भण्डारी) उम्मेदवार बनेकी छन् भने उपप्रमुखमा निलकण्ठ खनाल उम्मेदवार बनेका छन् ।
यस्तै १६ वटै वडाका लागि पनि उम्मेदवारको टुंगो लागिसकेको एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार वडा नम्बर १ मा गंगाराम सुनार, २ मा गजबहादुर बुढा ३ मा विनोद सिहं विष्ट, ४ मा शेरबहादुर केसी, ५ मा लोकबहादुर शाही, ६ मा श्याम कंडेल ७ मा खड्ग बहादुर दर्लामी, ८ मा टिकाराम शर्मा, ९ मा ऋषि गिरी, १० मा दिलबहादुर रखाल उम्मेदवार बनेका छन् ।
यस्तै वडा नम्बर ११ का लागि ः खिमलाल देवकोटा, १२ मा चूडामणि चपाई, १३ मा भुपेन्द्र दर्लामी, १४ मा देव रोकाया, १५ मा हिक्मत ओली, १६ डण्डबहादुर विक वडा अध्यक्ष पदका लागि उम्मेदवार बनेका छन् । प्रचार विभाग प्रमुख तिमिल्सिनाका अनुसार सबै उम्मेदवारले सोमबार दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलमाथि अनुसन्धान गर्न थप तीन दिनको अनुमति
-
विश्वकप फाइनल खेलाइने मैदानको घाँसका टुक्रा बिक्री गर्दैछ फिफा
-
कुन सहकारीका बचतकर्ताले कति रकम फिर्ता पाउँदैछन् ?
-
पशुपति आर्यघाटमा गणेश नेपालीको अन्त्येष्टि
-
कोशी प्रदेश प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षमा दाहाल र रजिस्ट्रारमा भट्टराई नियुक्त
-
कसले सिर्जना गरायो 'गाडी आतंक’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण