कुन सहकारीका बचतकर्ताले कति रकम फिर्ता पाउँदैछन् ?
सारांश
- बाग्मती प्रदेश सरकारले मंगलबारदेखि समस्याग्रस्त सहकारीका बचतकर्तालाई रकम फिर्ता गर्न सुरु गरेको छ ।
- पहिलो चरणमा ५ वटा सहकारी संस्थाका १ हजार ७६५ जना बचतकर्ताले रकम फिर्ता पाउनेछन् ।
- नेशनल नमोबुद्ध सहकारीका बचतकर्ताले एक लाख रुपैयाँसम्म फिर्ता पाउनेछन् ।
काठमाडौँ। बागमती प्रदेश सरकार अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मंगलबारदेखि पीडित बचतकर्ताको रकम फिर्ता सुरु गर्ने भएको छ ।
सम्बन्धित सहकारीको सम्पत्ति तथा बचत मिलानबाट जम्मा भएको रकममध्ये पहिलो चरणमा त्यस्तो रकम फिर्ता गर्न लागिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद सिग्देलले जानकारी दिए।
हाल प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अन्तर्गत ५ वटा सहकारी संस्था रहेका छन्। यस अनुसार मंगलबार कुल १ हजार ७६५ जनाले बचत फिर्ता प्राप्त गर्नेछन् । त्यसमध्ये नेशनल नमोबुद्ध सहकारीका ३३१ जना बचतकर्तालाई एक लाख रुपैयाँसम्म बचत फिर्ता हुनेछ । त्यस्तै, सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका सहकारीका ९७५ जना बचतकर्तालाई ५० हजारसम्म, लालीगुराँस बचत तथा ऋण सहकारीका २८७ जनालाई ५० हजारसम्म रकम फिर्ता हुनेछ।
यसबाहेक दर्शन बचत तथा ऋण सहकारी संस्थाका १६२ जनालाई १० हजार रुपैयाँसम्म र सिभिल बचत तथा ऋण सहकारी संस्थाका १० जनालाई १० हजार रुपैयाँसम्मको रकम फिर्ता हुने सिग्देलको भनाइ छ ।
उनका अनुसार भोलि आउनेको हकमा चेक नै उपलब्ध गराउने र सहभागी नहुनेको हकमा सम्बन्धित खाता नम्बरमा ट्रान्सफर हुने व्यवस्था मिलाइने उनको भनाइ छ ।
अहिले समितिले बचत मिलान गर्नेहरूबाट ३० प्रतिशत नगद सङ्कलन गर्ने गरेको छ । त्यस्तै, पासपोर्ट तथा बैंक खाता रोक्का भएका ऋणीले आफैँ आएर हिसाब मिलान गर्दा समेत केही रकम जम्मा भएको सिग्देल बताउँछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुराँस गाउँपालिकाको ठेक्कामा हिनामिना : तत्कालीन प्रशासकीय अधिकृत र ठेकदार दोषी ठहर
-
मिनी क्यासिनो बन्द हुने अवस्था, ५ हजार श्रमिकको रोजगारी संकटमा
-
शङ्कास्पद गाडी पार्किङको विषय संसदीय समितिमा उठ्यो
-
‘नक्कली जरिवाना’ भाइरल भएपछि विभागले दियो कारबाहीको चेतावनी
-
एसिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्कको अध्यक्षमा डा. जगदीशकुमार क्षेत्री
-
पहिरोको जोखिमपछि हेटौँडामै रोकिए काठमाडौँ जाने सवारीसाधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण