निर्वाचन लागेसँगै बैंकबाट धमाधम पैसा झिक्न थालियो, सातामै १० अर्ब बाहिरियो
स्थानीय निर्वाचनको मिति नजिकिएसँगै निक्षेपकर्ताहरुले बैंकबाट धमाधम पैसा झिक्न थालेका छन् । जसका कारण पछिल्लो ७ दिनमा मात्रै बैंकबाट १० अर्ब रुपैयाँ बाहिरिन पुगेको हो ।
नेपाल बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार वैशाख २ देखि ९ गतेसम्ममा २७ वटा वाणिज्य बैंकबाट १० अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । उसो त यस्तो निक्षेप अघिल्लो हप्ताको दुई दिनमा नै १२ अर्बले बाहिरिन पुगेको थियो ।
बैंकर्स संघको रिपोर्ट अनुसार हाल (वैशाख ९ गतेसम्ममा) २७ वटा वाणिज्य बैंकहरुमा जम्मा ४३ खर्ब ६७ अर्ब रुपैयाँ मात्र निक्षेप रहेको छ ।
यद्यपि, निक्षेप घट्दै गर्दा यता समीक्षा अवधिमा बैंकहरुले कर्जा लगानी समेत सामान्य रुपमा घटाएको संघले जनाएको छ । अघिल्लो हप्ता अर्थात बैशाख २ गतेसम्ममा दुई अर्ब रुपैयाँले लगानी घटाउँदै ४१ खर्ब ९५ अर्ब कर्जा लगानी गरेका बैंकहरुले पछिल्लो हप्ता थप एक अर्बले कर्जा घटाउँदै ४१ खर्ब ९४ अर्ब रुपैयाँ लगानी गरेको संघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण