टर्कीले २२७ आप्रवासीलाई अफगानिस्तान फिर्ता पठायो

अवैध रूपमा टर्की प्रवेश गरेका कम्तीमा २२७ अफगान नागरिकलाई आइतबार अफगानिस्तान फर्काइएको स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै बताएको छ। मालत्या एयरपोर्टबाट चार्टर्ड उडानहरू पुनस् शुरु भएदेखि कम्तिमा ६८१ अनियमित आप्रवासीहरूलाई अफगानिस्तान पठाइएको एरियाना न्युजले उल्लेख गरेको छ।
शरणार्थीहरूका लागि युरोप जानका निम्ति टर्की एक प्रमुख ट्रान्जिट बिन्दु भनेको छ । यस देशले पहिले नै ४ मिलियन शरणार्थीहरूलाई होस्ट गरेको छ । हालै आप्रवासीहरुको नयाँ आगमनलाई रोक्न आफ्नो सिमानामा नयाँ सुरक्षा उपायहरू लिइरहेको छ । एरियाना न्युजले रिपोर्ट गरेको छ।
गत वर्षको अगस्टको मध्यमा तालिबानले सत्ता कब्जामा लिएपछि अफगानिस्तानले निमरोज प्रान्त र टर्की हुँदै इरानजस्ता छिमेकी देशहरूमा अफगानीहरूको ठूलो संख्यामा पलायन मात्र भएको छैन सँगै जटिल समस्या पनि निम्तिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोरा फतेहीले तताइन् हायात ग्राउन्ड, तस्बिरमा हेर्नुहोस्
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड
-
पछिल्लो २४ घण्टामा विपद् : चारको मृत्यु, अट्ठाइस घाइते
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय