पाकिस्तानमा विस्फोट : चारको मृत्यु, कैयौँ घाइते
मङ्गलबार, १३ वैशाख २०७९, २० : ४४

पाकिस्तानको कराँचीमा भएको विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ । घटनामा परी अरु कैयौँ घाइते पनि भएको सरकारी अधिकारीहरूले मङ्गलबार पत्रकारहरूलाई जानकारी दिएका छन् ।
कराँचीमा रहेको एउटा विश्वविद्यालयको छेउमा रहेको पार्किङमा विस्फोट भएको उनीहरूले जनाएका छन् । विस्फोटपछि सानो आगलागी भएको थियो ।
विस्फोटन कसले गराएको हो भन्नेबारेमा अहिलेसम्म स्पष्ट हुन नसकेको र खोजी तथा अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनामा परी घाइते भएकाहरूलाई स्थानीय विभिन्न अस्पतालमा लगेर उपचार गरिएको अधिकारीहरूले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चारमन्त्रीको चेतावनी मेटाले टेरेन
-
डा.अमरेश सिंहले मागे कानुन मन्त्रीको कल डिटेल्स, सुशीलाले जनाइन् नियमापत्ति
-
सार्वजनिक ऋणको हिस्सा जीडीपीको ४३ दशमलव ४७ प्रतिशत पुग्यो
-
सरकारलाई अल्टिमेटमसहित खुले सुनचाँदी पसल, तस्बिरहरू
-
बिग बास लिगमा कुनै पनि नेपाली खेलाडीको बोली लागेन
-
ज्योति भण्डारीविरुद्ध नागरिकता र पासपोर्ट किर्ते कसुरमा पनि अनुसन्धान