आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

समीक्षाले किन सच्याइन् फेसबुक पोष्ट ?

शुक्रबार, १६ वैशाख २०७९, ११ : ४७
शुक्रबार, १६ वैशाख २०७९

गायिका समीक्षा अधिकारीले बिहीबार आफ्नो फेसबुकमा एक हरफ कविता पोस्ट गरिन् । भावुक फोटो सहित समीक्षाले शेयर गरेकी थिइन्,‘
तिमीलाई माया गर्छु र त मर्न सक्छु मार्न सक्छु
तिम्रो लागि आफैलाई दुखमा पार्न सक्छु
तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म
यसैले त तिम्रो लागि सधैँ म हार्न सक्छु ।’

उनले सेयर गरेको उक्त कविता केही क्षणमै भाइरल बन्यो । पछिल्लो समय जीवनको कठिन परिस्थितिबाट अगाडि बढिरहेकी गायिका समीक्षाको यो पोष्टलाई मानिसहरूले सामाजिक सञ्जालमा विभिन्न कोणबाट टिका टिप्पणी गरे ।
केहीले कवितालाई उनको जीवनमा घटेको पछिल्लो घटनासँग समेत जोडे । सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी भएपछि उनले आफ्नो उक्त कविता माथि शब्द, संगीतको काम हुँदै भनेर थपेर सच्याएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप