बागीलाई उम्मेदवारी निष्क्रिय गर्न काँग्रेसको आग्रह
नेपाली काँग्रेसले आधिकारिक उम्मेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न हुनु बागी उम्मेदवारलाई अनुरोध गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गरी बागीलाई आफ्नो उम्मेदवारी निष्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी गराउन सहयोग गर्न आग्रह गरेको हो ।
पार्टीबाट विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक बनेका पार्टी सदस्यलाई आफ्नो उम्मेदवारीप्रति पुर्नविचार गरी सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गर्न काँग्रेसले भनेको छ । ‘२०७९ वैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निष्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने प्रतिवद्धता सहित, सक्रिय रहने विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक उपर पार्टी विधान बमोजिम हुने कारबाहीमा पार्टी केन्द्रले आवश्यक प्रक्रिया पु¥याई पुर्नविचार गर्न सक्ने समेत सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार दोस्रो दिन बढ्यो सुनचाँदीको मूल्य
-
आत्मनिर्भर अर्थतन्त्र बनाउँदै ‘मेक इन नेपाल’ अभियान, झण्डै डेढ सय उद्योग जोडिए
-
जेठ महिनाभित्र एनआईसी एसिया बैंकको ऋण तिरे जरिवाना रकममा छुट
-
४३ वर्षका यी खेलाडी पनि टी–२० विश्वकपका लागि छानिए
-
‘सबै सहकारीबारे छानबिन समिति बनाउँदा आपत्ति छैन’
-
बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटे उपेन्द्र यादवले