निर्वाचनमा मदिरा सेवन तथा बिक्री वितरण रोक लगाइने

गोरखा जिल्लामा आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सर्वपक्षीय बैठकमा निर्वाचनका बेला शान्ति सुरक्षामा हुनसक्ने घटनालाई दृष्टिगत गर्दै यही वैशाख २५ गतेदेखि आगामी जेठ ७ गतेसम्म जिल्लाभर मदिराको प्रयोगमा रोक लगाउने निर्णय गरिएको हो ।
जिल्लाभर नै होटल, रेष्टुरेण्टलगायत अन्य पेशा व्यवसाय बिहान ७ बजेदेखि साँझ ९ः३० बजेसम्म मात्र सञ्चालन गर्न पाउने सोमबार बसेको बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले जानकारी दिनुभयो । निर्वाचनका लागि प्रचारका क्रममा दलहरूबीच शान्ति सुरक्षामा खलल हुने खालका गतिविधि हुन नदिन एकै स्थान, समय र बाटो पर्ने गरी कार्यक्रम आयोजना नगर्ने, चुनाव प्रचारप्रसारका लागि कार्यक्रम गर्दा स्थानीय प्रशासनलाई जानकारी गराएर मात्र सञ्चालन गर्ने सहमति पनि सर्वपक्षीय बैठकमा भएको उनको भनाइ थियो।
बैठकमा निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने, दलहरूबिच प्रचारप्रसारका कार्यक्रम गर्दा सामाजिक सद्भाव कायम राख्ने गरी सञ्चालन गर्ने र निर्वाचन अवधि भरसम्म आवश्यक पर्ने अत्यावश्यक बस्तु तथा सेवाको अभाव हुन नदिन उद्योग वाणिज्य सङ्घ, चेम्बरअर्फ कर्मसलगायत सङ्घसंस्थाले आवश्यक व्यवस्था मिलाउने सहमति पनि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता
-
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा
-
देशको नाम उच्च राख्न खेलाडीको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री लामा
-
बागमती प्रदेश सर्वदलीय बैठकमा जुटेन सहमति, प्रतिपक्षले प्रदेशसभा चल्न नदिने
-
एरिका र राजन उत्कृष्ट खेलाडी, बस्नेत र मानन्धरलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
-
सङ्ग्रहालय स्थानीय सरकारलाई हस्तान्तरण गरिए व्यवस्थापनमा थप सहज हुनेछ : महानगर प्रमुख महर्जन