तीन जना मृत अवस्थामा फेला
मङ्गलबार, २० वैशाख २०७९, १६ : ४८

इलाम, सुनसरी र महोत्तरीमा तीन जना मृत अवस्थामा फेला परेका छन् । इलामको माई नगरपालिका–७ खैरेनी बस्ने ७५ वर्षीया टिका माया लिम्बु सोही ठाउँस्थित माई खोला र तमाखे खोलाको दोभानको पानीमा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
सुनसरीको कोशी गाउँपालिका–४ स्थित नालीमा सोही गाउँपालिका–७ हरिपुर बस्ने ४५ वर्षीय सुनिल मुखिया मंगलबार मृत अवस्थामा फेला परेका छन् । महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरस्थित सागरनाथ वन विकास प्रयोजना अन्तर्गतको जंगलमा हाल पहिचान नखुलेकी अन्दाजी ३५ वर्षीया महिला मृत अवस्थामा सोमबार फेला परेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्रीले जवाफ दिँदै गर्दा नाराबाजी गरेकोप्रति सांसद थिङको आपत्ति
-
अर्थमन्त्री जवाफ दिन अघि बढेपछि जर्याकजुरुक उठे रास्वपाका सांसद, अनि सुरु भयो नाराबाजी (तस्बिरहरू)
-
युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिनुपर्छ : सांसद खतिवडा
-
बाढीले क्षति पुगेका आयोजनाहरू बजेटमा समावेश भएनन् : सांसद जबरा
-
रास्वपालाई एमाले सांसदले जुत्ता चप्पल खोलेर विरोध गर्न मिल्दैन भनेपछि...
-
विकल पौडेललगायतविरूद्ध सर्वोच्च पुग्यो अख्तियार