तीन जना मृत अवस्थामा फेला
मङ्गलबार, २० वैशाख २०७९, १६ : ४८
इलाम, सुनसरी र महोत्तरीमा तीन जना मृत अवस्थामा फेला परेका छन् । इलामको माई नगरपालिका–७ खैरेनी बस्ने ७५ वर्षीया टिका माया लिम्बु सोही ठाउँस्थित माई खोला र तमाखे खोलाको दोभानको पानीमा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
सुनसरीको कोशी गाउँपालिका–४ स्थित नालीमा सोही गाउँपालिका–७ हरिपुर बस्ने ४५ वर्षीय सुनिल मुखिया मंगलबार मृत अवस्थामा फेला परेका छन् । महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरस्थित सागरनाथ वन विकास प्रयोजना अन्तर्गतको जंगलमा हाल पहिचान नखुलेकी अन्दाजी ३५ वर्षीया महिला मृत अवस्थामा सोमबार फेला परेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण