विद्रोही उम्मेदवार पार्टीबाट निष्कासित भएको काँग्रेसको घोषणा, जिल्लासँग मागियो नामावली
नेपाली काँग्रेसले बागी उम्मेदवार, प्रस्तावक र समर्थक पार्टीबाट निष्कासित भएको घोषणा गरेको छ । बिहीबार काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक बनेकाहरूको पार्टी सदस्यता नरहेको सूचित गराएका हुन् ।
काँग्रेस वैशाख १९ गते विज्ञप्ति जारी गरी बागीलाई उम्मेदवारी निष्क्रिय बनाएर पार्टीका अधिकारिक तथा पार्टीले समर्थन गरेका उम्मेदवारको पक्षमा उभिन आग्रह गरेको थियो । उक्त आग्रह अस्वीकार गरेका बागीहरु काँग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम पार्टीबाट स्वतः निस्कासन भएको पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । काँग्रेस विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थकहरूको नामावली केन्द्रमा पठाउन पनि जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ ।
‘त्यस्ता विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थकहरूको नामावली निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवार, प्रस्तावक, समर्थकहरूको अन्तिम नामावलीहरुको आधिकारिक र प्रमाणिक विवरणको प्रतिलिपि सहित तत्काल केन्द्रमा पठाउनका लागि पार्टीको जिल्ला कार्यसमितिलाई यसै विज्ञप्ति मार्फत निर्देशानुसार अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण