काठमाडौंमा ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
सोमबार, २६ वैशाख २०७९, १६ : २६
काठमाडौंको सोल्टीदोबाटोमा ट्रक र स्कुटर ठोक्किँदा स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ । सोमबार भएको उक्त दुर्घटनामा स्कुटर चालक घाइते भएका छन् ।
मृत्यु हुनेमा स्कुटरमा पछाडी सवार काठमाडौंको कीर्तिपुर नगरपालिका–१ ट्याङलाफाट बस्ने ६० वर्षीया विमला देवी भट्टराई रहेकी छिन् । दुर्घटनामा गम्भीर घाइते भएकी भट्टराईको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो ।
घाइते भएका स्कुटर चालक ६३ वर्षीय ऋषि प्रसाद भट्टराईको सोही अस्पतालमा उपचार भइरहेको छ । ना ५ ख १९०९ नम्बरको ट्रक र बा ९४ प ८६७६ नम्बरको स्कुटर आज बिहान ८ बजे ठोक्किएका थिए । दुबै सवारी साधन सहित ट्रक चालकलाई प्रहरी वृत्त स्वयम्भुले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण