काठमाडौंमा ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
सोमबार, २६ वैशाख २०७९, १६ : २६

काठमाडौंको सोल्टीदोबाटोमा ट्रक र स्कुटर ठोक्किँदा स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ । सोमबार भएको उक्त दुर्घटनामा स्कुटर चालक घाइते भएका छन् ।
मृत्यु हुनेमा स्कुटरमा पछाडी सवार काठमाडौंको कीर्तिपुर नगरपालिका–१ ट्याङलाफाट बस्ने ६० वर्षीया विमला देवी भट्टराई रहेकी छिन् । दुर्घटनामा गम्भीर घाइते भएकी भट्टराईको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो ।
घाइते भएका स्कुटर चालक ६३ वर्षीय ऋषि प्रसाद भट्टराईको सोही अस्पतालमा उपचार भइरहेको छ । ना ५ ख १९०९ नम्बरको ट्रक र बा ९४ प ८६७६ नम्बरको स्कुटर आज बिहान ८ बजे ठोक्किएका थिए । दुबै सवारी साधन सहित ट्रक चालकलाई प्रहरी वृत्त स्वयम्भुले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने
-
वर्षायाममा पनि काठमाडौँमा मेलम्चीको पानी वितरण हुने
-
समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यक : पूर्वउपराष्ट्रपति पुन
-
तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला