पश्चिम रुकुमको आठबिसकोटमा माओवादी र काँग्रेसका कार्यकर्ताबीच झडप
सोमबार, २६ वैशाख २०७९, २१ : ३९
पश्चिम रुकुमको आठबिसकोट नगरपालिका स्थित वडा नम्बर १० मा झडप भएको छ । चुनाव प्रचारमा हिँडेका माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ताको बीचमा सोमबार दिउँसो झडप भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
माओवादी केन्द्रका कार्यकर्ताले काँग्रेसको चुनाव प्रचारमा प्रयोग गरिएको गाडी तोडफोड गरेका छन् । नेपाली काँग्रेसले एउटा मोटरसाइकल माओवादी केन्द्रका कार्यकर्ताले जलाएको दावी गरेका छन् ।
आइतबार पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका र मुसिकोट नगरपालिकामा पनि काँग्रेस र माओवादी केन्द्रको बीचमा झडप भएको थियो । झडपपछि दुवै दलले संयुक्त विज्ञप्ती निकालेर सौहार्दपूर्ण वातावरणमा चुनावी कार्यक्रम गर्ने प्रतिवद्धता जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति
-
१० बजे १० समाचार : काठमाडौँमा ‘गाडी आतङ्क’, अर्थमन्त्रीको कार्यशैलीलाई लिएर बालेन असन्तुष्ट
-
रास्वपा भन्छ– सञ्चारमाध्यमसँगको सहकार्य घनिष्ठ बनाउने छौँ
-
११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो
-
यस्तो छ ११ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक स्थिति (प्रतिवेदनसहित)
-
सूत्र प्रणाली सुस्त हुँदा वित्तीय कारोबार प्रभावित, तत्काल सुधार गर्न आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण