यस्तो छ ११ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक स्थिति (प्रतिवेदनसहित)
सारांश
- नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२/८३ को एघार महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक स्थिति विवरण सार्वजनिक गरेको छ।
- प्रतिवेदन अनुसार रेमिट्यान्स आप्रवाहमा ३८.२ प्रतिशतले वृद्धि भई २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ पुगेको छ, जसले शोधनान्तर स्थिति ९ खर्ब २६ अर्ब ६ करोड रुपैयाँले बचतमा रहेको छ।
- विदेशी मुद्राको सञ्चिति ३७ खर्ब ५५ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ जसले १६ महिनाको आयात धान्न पुग्नेछ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२/८३ को एघार महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक स्थिति विवरण सार्वजनिक गरेको छ।
प्रतिवेदन अनुसार रेमिट्यान्स आप्रवाहमा ३८.२ प्रतिशतको वृद्धि भई २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ पुगेको छ। रेमिट्यान्समा भएको यही वृद्धिका कारण देशको शोधनान्तर स्थिति ९ खर्ब २६ अर्ब ६ करोड रुपैयाँले बचतमा रहेको छ भने चालू खाता समेत ८ खर्बभन्दा बढीले बचतमा रहेको प्रतिवेदनमा उल्लेख छ।
विदेशी मुद्राको सञ्चितिमा पनि नयाँ रेकर्ड कायम भएको छ। हाल नेपालसँग ३७ खर्ब ५५ अर्ब ६४ करोड रुपैयाँ बराबरको वैदेशिक मुद्रा सञ्चित छ । जसले झण्डै १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने बताइएको छ ।
यसैगरी ११ महिनाको औसत मुद्रास्फीति २.८९ प्रतिशतमा सीमित भएको छ। यद्यपि, व्यापारिक क्षेत्रमा आयात १५.२ प्रतिशतले बढ्दा व्यापार घाटा १६ खर्ब १६ अर्ब पुगेको छ। बैंकिङ क्षेत्रमा तरलता सहज हुँदै जाँदा ब्याजदरमा उल्लेख्य गिरावट आएको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
-
१२ बजे १२ समाचार: सोधपुछ नै नगरी छाडियो शङ्कास्पद गाडीहरु, बाढी–पहिरोको जोखिमले यातायात अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण