सडकका खाल्टा पुर्न थाल्यो पोखरा महानगरले
पोखरा महानगरपालिकाले सडकका खाल्डाखुल्डी पुर्ने भएको छ । महानगरमा नयाँ जनप्रतिनिधि आएसँगै ढल र नाला सफाइ गरिएकोमा अब खाल्डाखुल्डी पुर्न थालिएको हो । अभियानमा मेयर धनराज आचार्य आफै होमिएका छन् ।
३३ वटै वडामा ढल र नाला सफाइ अभियानलाई निरन्तरता दिइएको छ । नगरमा डुलि हिँड्ने छाडा चौपायालाई देख्नेबित्तिकै कान्जी हाउस पुयाृउन थालिएको छ । शनिबारदेखि भने सडकका खाल्डो पुर्ने अभियान सुरु भएको छ । यसका लागि पूर्वाधार महाशाखा प्रमुख पूर्ण गुरुङको नेतृत्वमा समूह नै बनेको छ । मुख्य सडक र सहायक सडकमा खाल्डो परेर गाडी गुड्न समस्या भएपछि तत्कालै खाल्डा पुर्न थालिएको हो ।
गुरुङका अनुसार खाल्टा परेको थाहा पाएपछि तीन दिन भित्रमा पुरिसक्ने अभियान थालिएको हो । ‘खाल्टा परेको जानकारी महानगरलाई आउनुपर्छ । त्यसको ३ दिनभित्र पुरिसक्छौं,’ उनले भने, ‘यसलाई अझै द्रुत बाटोबाट गर्ने प्रयास गर्नेछौं ।’ शनिबार पोखरा वडा नम्बर ५ का विभिन्न सडकको खाल्टा पुरिएको छ ।
कालोपत्रे गर्ने अलकत्रा बनाउन भने समस्या छ । त्यसका लागि छुट्टै प्रविधि भित्र्याउनुपर्ने सव इन्जिनियर नेत्र तिमिल्सिना बताउँछन् । ‘खाल्टा पुर्ने काम सजिलो छैन । हेर्दा सानो भएपनि काम निकै कष्टपूर्ण छ । अलकत्रा जता पायो त्यहिँ पोल्न मिल्दैन,’ उनले भने, ‘प्रदुषण हुन दिन पनि भएन । झन्झट कम हुने गरी प्रविधिको विकास गर्नुपर्छ । त्यसको खोजीमा महानगर लागेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण