सुनिशासँग विवाह गर्दै ‘तितो सत्य’का राज
मङ्गलबार, ३१ जेठ २०७९, १३ : ०७
चर्चित हास्य श्रृखंला ‘तितो सत्य’ मा दीपकराज गिरी र दीपाश्री निरौलाको छोरा राजको भुमिकाबाट चर्चित कलाकार राज आचार्य विवाह बन्धनमा बाँधिने भएका छन् । आचार्यले म्युजिक भिडियो मोडल सुनिशा बजगाईसँग विवाह गर्न लागेका हुन् ।
राजको र सुनिशाको विवाह हुन लागेको राजका बुबा कलाकार शंकर आचार्यले पुष्टि गरे । उनले राजको विवाह समारोह ७ असारमा आयोजना गरिने जानकारी दिए ।
बालकलाकारको रुपमा अभिनय सुरु गरेर आफुलाई स्थापित गराउन सफ राजले अहिले सिए (चार्टर एकाउन्टेन्ट) को अध्यायन समेत सकाएका छन् । केहि म्युजिक भिडियोमा समेत काम गरेका राज र सुनिशाले केही बर्षको प्रेम विवाहमा परिणत गर्न लागेका हुन् । सुनिशा पेशाले मोडल हुन् । उनका मोडलिङ रहेको केही प्रोजेक्ट सार्वजनिक भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण