सम्पत्ति शुद्धीकरण प्रकरणमा राहुल गान्धीमाथि पाँचौ पटक सोधपुछ हुँदै
मङ्गलबार, ०७ असार २०७९, ०८ : ४१
कांग्रेस नेता राहुल गान्धीलाई प्रवर्तन निर्देशनालय (ईडी)ले आज पाँचौँ दिन पनि सोधपुछका लागि बोलाएको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा राहुलमाथि चार दिनमा ४० घण्टासम्म सोधपुछ गरिएको छ । गत साता सोमबारदेखि बुधबारसम्म राहुललाई ३० घण्टाभन्दा बढी सोधपुछ गरिएको थियो ।
यसैबीच, कोभिडसम्बन्धी समस्याका कारण गत साता अस्पताल भर्ना भएकी कांग्रेस प्रमुख सोनिया गान्धी उपचारपछि सोमबार साँझ डिस्चार्ज भएकी छिन् । सम्पत्ति शुद्धीकरण मुद्दामा छोरा राहुलसँगै उनलाई पनि बोलाइएको छ । अस्वस्थताका कारण जुन २३ सम्मको समय दिइएको छ । नेसनल हेराल्ड मामिलामा ईडीले राहुल र सोनियाको भूमिकाबारे अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण