बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सम्पत्ति शुद्धीकरण प्रकरणमा राहुल गान्धीमाथि पाँचौ पटक सोधपुछ हुँदै

मङ्गलबार, ०७ असार २०७९, ०८ : ४१
मङ्गलबार, ०७ असार २०७९

कांग्रेस नेता राहुल गान्धीलाई प्रवर्तन निर्देशनालय (ईडी)ले आज पाँचौँ दिन पनि सोधपुछका लागि बोलाएको छ । 

सम्पत्ति शुद्धीकरण मुद्दामा राहुलमाथि चार दिनमा ४० घण्टासम्म सोधपुछ गरिएको छ । गत साता  सोमबारदेखि बुधबारसम्म राहुललाई ३० घण्टाभन्दा बढी सोधपुछ गरिएको थियो । 

यसैबीच, कोभिडसम्बन्धी समस्याका कारण गत साता अस्पताल भर्ना भएकी कांग्रेस प्रमुख सोनिया गान्धी उपचारपछि सोमबार साँझ डिस्चार्ज भएकी छिन् । सम्पत्ति शुद्धीकरण मुद्दामा छोरा राहुलसँगै उनलाई पनि बोलाइएको छ । अस्वस्थताका कारण जुन २३ सम्मको समय दिइएको छ । नेसनल हेराल्ड मामिलामा ईडीले राहुल र सोनियाको भूमिकाबारे अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप