मेरै कारण नेकपा विभाजन भयो भन्ने आरोप लगाइयो : वामदेव गौतम
पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफ्नो कारणले नेपाल कम्युनिस्ट पार्टी विभाजन उन्मुख भएको आरोप लगाएको सुनाउँदै आफूबाट पनि कमजोरी भएको स्वीकार गरेका छन् । उनले आफू कुनै समूहमा नलागेर पार्टी जोगाउन लागेको भए नेकपाको विभाजन रोकिन सक्थ्यो भन्दै आत्मालोचना गरेका हुन् ।
अभियानको भेलालाई सम्बोधन गर्दै उनले भने, जति म जिम्मेवार छु, सचिवालयका ९ जना सदस्य पनि त्यतिकै जिम्मेवार हुनुहुन्छ । पार्टी विभाजन हुन्छ भनेर मैले कल्पना पनि गर्न सकिनँ ।
उनले पार्टीका प्रधानमन्त्री विरुद्ध ल्याउन लागेको अविश्वास प्रस्ताव दुईपटक रोकेको तर तेस्रो पटक आफूले त्यसबारे पत्तै नपाएको जिकिर गरे । उनले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउनु र प्रधानमन्त्रीले संसद् नै विघटन गर्नु दुवै कुरा गलत भएको बताउँदै आफू दुइटै सँग सहमत हुन नसकेको बताए ।
'कामरेडहरु विभाजित भएर लाग्नुभयो । मलाई मन परेन । केपी ओली र प्रचण्डले मलाई बोलाएर आफूसँग लाग्न भन्नुभयो । मैले तपाईंहरुसँग सहमत हुन सक्दिनँ । एकताका निम्ति लाग्छु भने । त्यही छलफलका दौरानमा पार्टी एकता राष्ट्रिय अभियान निर्माण गर्ने निर्णय गर्यौँ,' गौतमले भने । उनले भने, ‘म जान हुन्थ्यो कि हुन्नथ्यो भनेर म आफू सोध्छु । हुन्नथ्यो । मैले आफूले निर्माण गरेको पार्टी ध्वस्त भएको हेर्न सकिनँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण