कर्णालीमा अझै संसद चल्न सकेन, सर्वदलीय बैठक पनि बसेन
कर्णाली प्रदेशमा तीन दिनदेखि संसद चल्न सकेको छैन । प्रतिपक्षसँगको ७ बुँदे सम्झौता कार्यान्वयनमा सरकारले बे–वास्ता गरेको भन्दै आइतबारदेखि अवरुद्ध संसद मंगलबार पनि चल्न सकेन ।
संसदको अवरोध हटाउनका लागि मंगलबार सर्वदलीय बैठक बस्ने भनिए पनि संसदीय दलका नेताहरु सबै उपस्थित नभएपछि बस्न नसकेको सरकारका प्रवक्ता विन्दमान विष्टले रातोपाटीलाई जानकारी दिए । उनले भने,‘बजेटको सन्दर्भमा प्रतिपक्षले आफ्ना माग राखेको छ । त्यही विषयलाई लिएर संसद चल्न नसकेको हो । सर्वदलीय बैठकले समस्याको समाधान गर्ने र त्यसपछि संसद चल्छ । सायद, भोली सर्वदलीय बैठक बस्छ ।’
यता प्रमुख प्रतिपक्ष दल एमाले संसदीय दलका सचेतक गुलाबजंग शाहले सरकार आफ्नो कमजोरीलाई पन्छाएर अघि बढ्न खोजेको आरोप लगाए । उनले रातोपाटीसँग भने,‘ हाम्रो प्रमुख माग भनेकै ७ बुँदे सहमति कार्यान्वयन गरिनुपर्छ भन्ने हो । अर्को कुरा सरकारले असार १४ भइसक्दा पनि धमाधम रकम रकमान्तर गरिरहेको छ ।’ शाहले प्रतिपक्षसँग गरिएको सहमति सरकार कार्यान्वयन नगरे संसद चल्न नदिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण