कृषि मन्त्रीले नै मल उपलब्ध गराउन सक्दैनौं भनेपछि ..
बुधबार, १५ असार २०७९, २१ : ०१
कर्णालीका कृषि मन्त्री चन्द्रबहादुर शाहीले रासायनिक मल उपलब्ध गराउने दायित्व केन्द्र सरकारको भएकाले प्रदेश सरकारले यसबारे केही गर्न नसक्ने बताएका छन् । बुधबार वीरेन्द्रनगरको मनिकापुरमा एक सहकारीले आयोजना गरेको कार्यक्रममा सहभागी भएका मन्त्री शाहीले रासायनिक मलका लागि संघीय सरकारको कृषि मन्त्रालयसँग समन्वय गरिरहेको बताए ।
हातमा रोपो (धानको बिउ) समातेका उनले कृषकको बीचमा उभिएर ‘प्रदेश सरकारले रासायनिक मलको समस्या समाधान गर्न नसक्ने’ प्रस्ट पारे । प्राङ्गारिक तर्फ प्रदेशलाई लैजाने भन्ने आधार तयार गर्नका लागि १० वटै जिल्लामा कार्यक्रम अगाडि बढिरहेको चर्चा गर्दै उनले मलको समस्या कर्णालीको मात्र समस्या नभई सबैतिरको समस्या रहेको बताए । ‘कृषकका अन्य समस्या पनि छन् । हामी ती समस्या समाधान गर्न गम्भीर छौं,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण