फिलिपिन्समा मार्कोस जुनियरले नयाँ राष्ट्रपतिको रूपमा शपथ लिँदै
फिलिपिन्सका निवर्तमान नेता रोड्रिगो दुतेर्तेको स्थानमा बिहीबार फर्डिनान्ड मार्कोस जुनियरले नयाँ राष्ट्रपतिको रूपमा शपथ लिँदै छन् । गत महिना भएको निर्वाचनमा बोङ बोङ उपनामले परिचित मार्कोस जुनियरले प्रतिद्वन्द्वी लेनी रोब्रेडोलाई फराकिलो मत अन्तरले विजयी भएका थिए ।
उनको जीतसँगै मार्कोस राजनीतिक विरासतको आश्चर्यजनक पुनरागमन भएको छ । सन् १९८६ मा भएका एतिहासिक विद्रोहपछि फर्डिनान्ड मार्कोस सत्ताच्युत भएका थिए ।
मार्कोस जुनियरले स्थानीय समय अनुसार दिउँसो ४ बजे राजधानी मनिलास्थित राष्ट्रिय संग्रहालयमा पद तथा गोपनीयताको शपथ लिनेछन् ।
मनिलाको सर्वोच्च अदालतले कर छलीको अभियोगमा नयाँ राष्ट्रपतिलाई पदभार ग्रहण गर्न अयोग्य नभएको फैसला गरेको केही दिनपछि शपथ हुन लागेको हो ।
निर्वाचनमा निवर्तमान राष्ट्रपति रोड्रिगो दुतेर्तेका छोरी उपराष्ट्रपतिमा विजयी भएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण