फिलिपिन्समा मार्कोस जुनियरले नयाँ राष्ट्रपतिको रूपमा शपथ लिँदै
फिलिपिन्सका निवर्तमान नेता रोड्रिगो दुतेर्तेको स्थानमा बिहीबार फर्डिनान्ड मार्कोस जुनियरले नयाँ राष्ट्रपतिको रूपमा शपथ लिँदै छन् । गत महिना भएको निर्वाचनमा बोङ बोङ उपनामले परिचित मार्कोस जुनियरले प्रतिद्वन्द्वी लेनी रोब्रेडोलाई फराकिलो मत अन्तरले विजयी भएका थिए ।
उनको जीतसँगै मार्कोस राजनीतिक विरासतको आश्चर्यजनक पुनरागमन भएको छ । सन् १९८६ मा भएका एतिहासिक विद्रोहपछि फर्डिनान्ड मार्कोस सत्ताच्युत भएका थिए ।
मार्कोस जुनियरले स्थानीय समय अनुसार दिउँसो ४ बजे राजधानी मनिलास्थित राष्ट्रिय संग्रहालयमा पद तथा गोपनीयताको शपथ लिनेछन् ।
मनिलाको सर्वोच्च अदालतले कर छलीको अभियोगमा नयाँ राष्ट्रपतिलाई पदभार ग्रहण गर्न अयोग्य नभएको फैसला गरेको केही दिनपछि शपथ हुन लागेको हो ।
निर्वाचनमा निवर्तमान राष्ट्रपति रोड्रिगो दुतेर्तेका छोरी उपराष्ट्रपतिमा विजयी भएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षलाई होच्याएर संसद् चल्न सक्दैन : राजेन्द्र पाण्डे
-
सत्ता स्वार्थको कोपभाजनमा पार्टी जुनसुकै बेला पर्नसक्ने त्रासमा देखिन्छन् माधव नेपाल
-
इथियोपियाबाट ल्याएको कोकिन काठमाडौँमा बरामद, तीन जना महिला पक्राउ
-
संसद् बैठक अघि सभामुखले बोलाए प्रमुख सचेतकलाई छलफलमा
-
खगराज भट्टलाई संसदीय दलको नेताभन्दा माथि राख्ने माओवादी संसदीय दलको निर्णय
-
सिराहामा छिमेकीको कोदालो प्रहारबाट एक पुरुषको मृत्यु