आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ओलीलाई भेट्न बालकोट पुगे गौतम

बिहीबार, १६ असार २०७९, १२ : १४
बिहीबार, १६ असार २०७९

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम बालकोट पुगेका छन् । तत्कालिन नेकपालाई जोडेर वाम एकता गराउने कसरतमा जुटेका गौतम पहिलो पटक ओली निवास बालकोट पुगेका हुन् । 

अहिले ओली र गौतमवीच भेटघाट जारी रहेको ओलीका प्रेस विज्ञ रामशरण बजगाईले बताए । ‘अध्यक्ष ज्यू र वामदेव कमरेडवीच भेटघाट चलिराखेको छ’ बजगाइले भने,‘भेटघाट चलिराखेको छ । भेट भई राखेको बेला के कुरा भयो ? कसरी थाहा पाउँने ? भेटघाट सकिएपछि भन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप