डोल्पामा असार मसान्तसम्म ३३ केभी प्रशारण लाइन पुग्ने
भर्खरै मात्र सडक सञ्जालसँग जोडिएको डोल्पामा ३३ केभिए प्रशारण लाइन विद्युत पुर्याउनका लागि तीन ठाउँबाट काम सुरु भएको छ ।
असार मसान्तसम्ममा त्रिपुराकोटस्थित सबस्टेसनमा विद्युत पुर्याएर अन्य पालिकामा विद्युत वितरण तीव्रता दिन काम भइरहेको विद्युत प्राधिकरण कर्णाली प्रदेशले जानकारी दिएको छ । रुकुम पश्चिमको गोतामकोट, जाजरकोट, रुकुम र डोल्पाको सीमाना त्रिवेणी र मध्यडोल्पाको त्रिपुराकोटबाट एकसाथ प्रशारण लाइन निर्माण चलिरहेको छ ।
डोल्पामा तत्काल विद्युत पुर्याउन जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले हरेक महिना प्रगति विवरण पेश गर्न र कामलाई तोकिएकै समयमा काम सम्पन्न गर्न निर्देशन दिइरहेका छन् । बुधबार मात्रै पनि नेपाल विद्युत प्राधिकरण प्रदेशिक कार्यालयले ठूलिभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका र मुड्केचुला गाउँपालिका, जगदुल्ला गाउँपालिका र काइके गाउँपालिकामा त्रिपुराकोटस्थित सबस्टेसनबाट विद्युत लिन वाेलपत्र आह्वान गरेको छ ।
त्रिपुराकोट सवस्टेसनमा विद्युत पुग्न बित्तिकै पालिकामा विद्युत पुर्याउने भन्दै बोलपत्र आह्वान गरी कामलाई गति दिएको हो । दुई वर्षदेखि डोल्पामा विद्युत पुर्याउने भन्दै ठेक्का लागे पनि ढिलासुस्तीका कारण पूरा हुन सकेको थिएन । कामलाई तीव्रता दिन व्यवहारमुखी गति हुनुपर्ने मन्त्री सिंहले बताए । डोल्पा सदरमुकाममा भरपर्दो विद्युत नहुँदा त्यहाँका कार्यालयमा काम गर्न समस्या हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण