गाउँ र सहर जोड्ने सडक पोखराको प्राथमिकतामा, ५५ करोड विनियोजन
पोखरा महानगरपालिकाका अधिकांश भूभाग ग्रामीण छन् । महानगरपालिका बन्दा नजिकका गाविसहरू गाभिएका थिए, जहाँ सडक पहुँच पुगेको छैन भने स्वास्थ्य र शिक्षा जस्ता आधारभूत पूर्वाधारसमेत पुगेका छैनन् ।
पोखरा महानगरपालिकाले सुरुदेखि नै गाउँलाई शहरसँग जोड्नका लागि पूर्वाधारको काम गरिरहेको छ । नयाँ बजेटबाट कनेक्टिङ सडक निर्माणलाई झन् बढी प्राथमिकतामा राखिएको छ ।
‘समुन्नत पर्यटकीय पोखराको दीर्घकालीन सोच पूरा गर्न पर्यटन, पूर्वाधारको निर्माण गर्न, सहर र गाउँ जोड्ने कनेक्टिङ सडक सम्पन्न गर्न र सहरी सडकको मर्मतलाई प्राथमिकता दिइएको छ,’ नयाँ बजेटमा भनिएको छ, ‘चालू वर्षमा सुरु भएका विभिन्न सडकलाई पूरा गर्ने गरी बजेट छुट्याइएको छ ।’
चालू वर्षमा सुरु भएका १५ वटा कनेक्टिङ सडक, १० वटा सहरी सडक र १५ वटा ग्रामीण सडकलाई क्रमागत योजनाका रूपमा काम गर्न ५५ करोड विनियोजन गरिएको छ ।
यस्तै, सहरी क्षेत्रको खाल्डो पुर्ने कामका लागि १५ करोड छुट्याइएको छ भने तालचोकदेखि बेगनास खण्डको स्तरोन्नति पूरा गर्ने महानगरका मेयर धनराज आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण