गाउँ र सहर जोड्ने सडक पोखराको प्राथमिकतामा, ५५ करोड विनियोजन
पोखरा महानगरपालिकाका अधिकांश भूभाग ग्रामीण छन् । महानगरपालिका बन्दा नजिकका गाविसहरू गाभिएका थिए, जहाँ सडक पहुँच पुगेको छैन भने स्वास्थ्य र शिक्षा जस्ता आधारभूत पूर्वाधारसमेत पुगेका छैनन् ।
पोखरा महानगरपालिकाले सुरुदेखि नै गाउँलाई शहरसँग जोड्नका लागि पूर्वाधारको काम गरिरहेको छ । नयाँ बजेटबाट कनेक्टिङ सडक निर्माणलाई झन् बढी प्राथमिकतामा राखिएको छ ।
‘समुन्नत पर्यटकीय पोखराको दीर्घकालीन सोच पूरा गर्न पर्यटन, पूर्वाधारको निर्माण गर्न, सहर र गाउँ जोड्ने कनेक्टिङ सडक सम्पन्न गर्न र सहरी सडकको मर्मतलाई प्राथमिकता दिइएको छ,’ नयाँ बजेटमा भनिएको छ, ‘चालू वर्षमा सुरु भएका विभिन्न सडकलाई पूरा गर्ने गरी बजेट छुट्याइएको छ ।’
चालू वर्षमा सुरु भएका १५ वटा कनेक्टिङ सडक, १० वटा सहरी सडक र १५ वटा ग्रामीण सडकलाई क्रमागत योजनाका रूपमा काम गर्न ५५ करोड विनियोजन गरिएको छ ।
यस्तै, सहरी क्षेत्रको खाल्डो पुर्ने कामका लागि १५ करोड छुट्याइएको छ भने तालचोकदेखि बेगनास खण्डको स्तरोन्नति पूरा गर्ने महानगरका मेयर धनराज आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार दोस्रो दिन बढ्यो सुनचाँदीको मूल्य
-
आत्मनिर्भर अर्थतन्त्र बनाउँदै ‘मेक इन नेपाल’ अभियान, झण्डै डेढ सय उद्योग जोडिए
-
जेठ महिनाभित्र एनआईसी एसिया बैंकको ऋण तिरे जरिवाना रकममा छुट
-
४३ वर्षका यी खेलाडी पनि टी–२० विश्वकपका लागि छानिए
-
‘सबै सहकारीबारे छानबिन समिति बनाउँदा आपत्ति छैन’
-
बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटे उपेन्द्र यादवले