आर्थिक अभाव झेल्दै सुर्खेत बहुमुखी क्याम्पस
सुर्खेत बहुमुखी क्याम्पसका लागि दाताले चारकोठे पक्की शैक्षिक भवन निर्माण गरिदिएका छन् । वीरेन्द्रनगरकी कमला मल्लले आफ्ना स्वर्गीय पति भिमबहादुर मल्लको नाममा ‘भिम कमला शैक्षिक भवन’ निर्माण गरिदिएकी हुन् । एक बर्षको समय लगाएर निर्माण सम्पन्न उक्त भवन शुक्रबार एक कार्यक्रमकाबीच शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया कुमारी यादवको सहभागितामा क्याम्पसलाई हस्तान्तरण गरिएको छ ।
मल्लले आफ्ना भाई धर्मराज शाहीको पहलमा २५ लाख १ हजारको भिमकमला मल्ल छात्रवृति अक्षय कोष समेत स्थापना गरेकी छन् । क्याम्पसका प्रमुख माधव प्रसाद खनालका अनुसार शैक्षिक भवन निर्माणका लागि ७८ लाख २८ हजार ८८२ रुपैयाँ लागत लागेको हो ।
क्याम्पसका लागि मल्लले १ करोड ३ लाख २९ हजार ८८२ रुपैंया दान स्वरुप प्रदान गरेकी हुन् । खनालका अनुसार भवन निर्माणका लागि जग्गा भने क्याम्पसले नै उपलब्ध गराएको थियो । भवनको उद्घाटन एवं हस्तान्तरण कार्यक्रममा सहभाागि राज्यमन्त्री यादवले दान प्रारुप भवन निर्माण गरेको भन्दै धन्यवाद दिइन् ।
शिक्षा क्याम्पसका प्रमुख माधव प्रसाद खनालले झण्डै ५० बर्षको अवधिमाा क्याम्पसले थूप्रै आरोह–अवरोह भोग्दै आएको बताउँदै शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्नुपर्ने बताए । यद्यपि यो क्याम्पस राज्यबाट उपेक्षामा पर्दै आएको प्रति उनले चिन्ता व्यक्त गरे ।
खनालका अनुसार अहिले क्याम्पसमा ३७ जना मात्र कर्मचारीहरु रहेका छन् । आजभन्दा ५ बर्ष अघिसम्म ६४ जना कर्मचारी थिए । राज्यले खासै वास्ता नगरेक कारण केही कर्मचारी हामीले आफै राख्यौं, तर आर्थिक अभाव कायमै रह्यो,’उनले भने,‘क्याम्सपलाई सोचेजस्तोगरी अघि बढाउन सकिएको छैन।’ क्याम्पस प्रमुख खनालले आर्थिक अभावकै कारण विद्यालयमा आवाश्यक प्रविधिमय सामग्री समेत नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण