कर्णालीका कानुनमन्त्रीको प्रश्न– अधिकारविहीन प्रदेश सरकारले कसरी शान्ति र अमनचयन गर्न सक्छ ?
सोमबार, २० असार २०७९, १० : ०९
कर्णालीका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले संघले अधिकार नदिए प्रदेशको शान्ति र अमनचयन नहुने तर्क गरेका छन् । उनले प्रदेशलाई बलियो बनाउनका लागि संघले प्रहरी सम्बन्धीको अधिकार दिनुपर्ने बताए ।
सोमबार सोमबार वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय विपद् व्यवस्थापनमा आधारित पत्रकारिता तथा क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै उनले भने,‘ संघीय कानुन र संविधानमा प्रदेशको कानुन मन्त्रालयले शान्ति क्षेत्र अमनचयन कायम गर्ने भनेर भनिएको छ । शान्ति क्षेत्र र अमनचयन गर्ने भनेको प्रहरीले हो । तर यो प्रदेशलाई अधिकार छैन, अनि प्रदेशलाई शान्ति र अमनचयन कसरी गर्ने ?’
मन्त्री शाहीले जटिलतालाई झेल्दै र चुनौतीको सामना गर्दै विपद् व्यवस्थानमा सरकार लागिपरेको बताए । त्यसका लागि पत्रकारले ठुलो भूमिका खेल्नुपर्ने तर्क उनले गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण