भरतबन्धु थापा कर्णाली प्रदेशको ‘पर्यटन दूत’ मनोनित
लेखक तथा फोटो पत्रकार भरतबन्धु थापा कर्णाली प्रदेशको ‘पर्यटन दूत’ मनोनित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको कर्णाली प्रदेश समितिले थापालाई पर्यटन दूत बनाएको हो । कर्णालीका पर्यटकीय गन्तव्यको पहिचान र प्रचार–प्रसार, कला–संस्कृति र जनजीवनको अभिलेखिकरण एवं समृद्ध कर्णालीको पक्षमा निरन्तर योगदान पुर्याए बापत थापालाई पर्यटन दूत मनोनित गरिएको महासंघको उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष पदमबहादुर शाहीले बताए ।
शाहीका अनुसार असार १७ गतेको कार्यकारिणी समिति बैठकले यो निर्णय गरेको हो । थापा दैलेखको भगवतीमाई गाउँपालिका–४ निवासी हुन् । उनी लामो समयदेखि फोटो पत्रकारका रुपमा सक्रिय छन् । नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ‘तस्बिरमा नेपाल’ सहित पाँचवटा पुस्तक प्रकाशित गरेका थापा प्रकृति र जनजीवनको फोटो खिच्न रुचाउँछन् । थापा सामाजिक अभियानमा पनि सक्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण