ठाउँ अभावमा आलोपालो सुत्छन् जाजरकोट कारागारका कैदीबन्दी
२० जना कैदीबन्दी अट्ने जाजरकोट कारागारमा ५४ जना राख्दा व्यवस्थापनमा समस्या भएको छ । सुधारगृहको रुपमा रहेको कारगारमा कैदीबन्दीलाई बसाई व्यवस्थापनको समस्याले गर्दा चुनौती थपिएको हो । १५ पुरुष र पाँच महिलाको क्षमता रहेको कारगारमा अहिले ५४ जना कैदीबन्दी छन् ।
कारागार नाइके कुशबहादुर महताराले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि विद्युत्, खानेपानी, सुत्न र स्वास्थ्य उपचारमा समस्या उत्पन्न भएको बताउँदै आएका छन् । संख्या बढी हुँदा सुत्नका लागि समस्या भएको छ । जेलर चन्द्रबहादुर गिरीले जिल्ला कारगारमा अहिले ३५ जना कैदी र १९ जना थुनुवा गरी जम्मा ५४ जना कैदीबन्दी रहेको बताए । पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न समेत कारागार प्रशासनलाई समस्या भइरहेको जेलर गिरी भनाइ छ ।
जिल्लामा रहेको कारागार जीर्ण भएपछि कैदी बन्दीहरूले वर्षाको समयमा राम्ररी सुत्न समेत नपाउने कैदीबन्दी दीर्घबहादुर नेपालीले बताए । साथीहरूले आलोपालो गरेर सुत्नुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले कारागारमा देखिएका समस्या समाधानका लागि पहल गर्ने बताए । प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले समस्या समाधानका लागि पहल जारी रहेको बताए । व्यवस्थापनमा उचित पहल नगरेको कैदी बन्दीहरूले गुनासो पोख्दै आएका छन् । जीर्ण भवन व्यवस्थापन राम्रो नहुँदा हैरानी खेप्नु परेको उनीहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण