विराटनगरमा ‘सडक मानव मुक्त’ अभियान सञ्चालन
बुधबार, २२ असार २०७९, ०८ : १६
विराटनगर महानगरपालिकाले सडक मानव मुक्त अभियान सञ्चालन गरेको छ । विभिन्न मन्दिर र सार्वजनिकस्थलमा बसेर मागेर खानेलाई महानगर प्रहरीले उद्धार गर्ने अभियान सुरु गरेको हो ।
महानगरले सडक मानव मुक्त अभियान सञ्चालनमा बढी जोड दिएको प्रमुख नागेश कोइरालाले बताए । उनका अनुसार काम गरेर खान सक्ने अवस्थाका व्यक्तिहरू पनि माग्न बस्ने गरेका छन् । अशक्त र सहाराविहीनलाई विराटनगरस्थित मानव सेवा आश्रमको जिम्मा लगाइएको छ ।
यसैबीच महानगरले फुटपाथ खाली गर्ने अभियानलाई तीव्रता दिएको छ । नाली नै जाम हुने गरी निर्माण सामग्री राख्दा डुबानको समस्या निम्तिने गरेको छ । त्यस्तै छाडा चौपायालाई नियन्त्रणमा लिन पनि महानगर अग्रसर भएको छ । खसी, बाख्रा, गाई र भैँसी नियन्त्रणमा लिएर जरिवाना तिराएर सम्बन्धित पशु धनीलाई बुझाइएको महानगरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण