हतियार खरिदमा अर्ब भन्दा बढीको चलखेल भयो : खगराज अधिकारी
प्रहरीका लागि हतियार खरिदमा कमिसनको चलखेल हुन लागेको भन्दै एमालेले बिरोध गरेको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा एमाले सांसद खगराज अधिकारीले ग्लोबल टेन्डर नगरीकन इटलीको बदनाम कम्पनी बेरेटा मार्फत हतियार खरिद गर्न खोजेको भन्दै विरोध गरेका छन् ।
उनले भने–‘सरकारले नाइम एमएम पेस्तोल खरिद गर्न लागेको छ, १ हजार १ सय ५० सट गन खरिद गर्दैछ । २५ सय थान अश्रु ग्याँसको गोलीकठ्ठा सरकारले खरिद गर्दैछ । कुनैपनि ग्लोबल टेन्डर नगरिकन, कुनैपनि सुरक्षा अध्ययन नगरीकन खरिद गर्दैछ ।’
उनले १२ बोरको छर्रा हान्ने बन्दुक किन्न नहुने र मानव अधिकारको हिसावले पनि सो हतियार किन्न नहुने बताए । हतियार खरिदका लागि २ दिनभित्र एलसी खोल्न तीब्र दवाव दिइएको अधिकारीले बताए ।
उनले भने–‘यो कसका लागि, कमिसनका लागि या जनताको जीउधनको सुरक्षाका लागि ? जनताको जीउधनको सुरक्षा जनताको छातीमा छर्रा हानेर हुन सक्दैन । सुरक्षाविदहरुले समेत छर्रा हुने हतियार खरिद गर्न नहुने र छर्रा हान्न पाइँदैन भनेका छन् । हामी मानव अधिकारको सम्मान गर्ने मुलुकमा पर्छौ, यस्तो ठाउँमा अर्ब भन्दा बढीको कमिसनको खेल भइरहेको छ । कमिसनबाहेक अन्यत्र यो सरकारको ध्यान जान्छ कि जाँदैन ? कमिसन नै कमिसनमा सरकार चुर्लुम्म डुब्न थालेको छ र सरकार बदनाम भएको छ ।’
उनले पुलिसका लागि हतियार खरिद गर्नु खतरनाक काम भएको बताए । पुलिसका लागि प्लाष्टिकका गोलीहरू खरिद गर्नुपर्ने बताए । उनले हतियार खरिदका लागि अर्थमन्त्रालयले रकमान्तर गरेको भन्दै आपत्ति जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण