बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

लस एञ्जलसमा भानु जयन्ती

शुक्रबार, ३१ असार २०७९, ०७ : ३२
शुक्रबार, ३१ असार २०७९

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, लस एञ्जलसले भानुजयन्ती भव्यताका साथ मनाएको छ ।  अवैतनिक महावाणिज्य दूत ऋषि ढकालको  प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा विभिन्न वक्ताहरूले आदिकवि भानुभक्तका बारेका चर्चा गरे ।

समाजसेवी वेदभक्त जोशीको विशेष आतिथ्यमा भएको कार्यक्रममा शारदा पाठक, प्रकाश पाण्डे, तिलक कार्की, सिद्धार्थ सिलवाल, जीवन बराल, राकेश कार्की, ईश्वरी भट्टराई, कोपिला अधिकारी, सुवास भण्डारी, डन कार्की लगायतले सिर्जना वाचन गरेका थिए ।

च्याप्टरका अध्यक्ष डन कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उनको कविता कृति ‘परदेशी मन’ को पनि लोकार्पण गरिएको थियो । कृतिका बारेमा वक्ताहरूले समीक्षात्मक धारणा पनि राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप