अवैधरुपमा बालुवा उत्खनन्, तीन ट्याक्टर जफत
खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा हप्ता दिनको अवधिमा अवैध रुपमा नदीजन्य बालुवा उत्खनन गरी ओसार–पसारमा प्रयोग भइरहेका तीन वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
२४ असारदेखि २९ असारबीचमा दूधकोसी र सुनकोसीबाट अवैध रुपमा बालुवा उत्खनन गरेर ओसार–पसारमा प्रयोग भइरहेका ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो । नदीबाट अवैध रुपमा बालुवा उत्खनन गर्दै ओसार–पसार गरिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीको टोलीले बालुवा सहितको ट्याक्टर नियन्त्रणमा लिएर नगरपालिकालाई बुझाएको छ ।
२४ असारमा तुवाचुङ नगरपालिका–८ धितुङ स्थित सुनकोशी नदीबाट रातको समयमा अवैध रुपमा बालुवा उत्खनन गरेर ओसार–पसारमा प्रयोग भइरहेको लु ४ त ६९७४ ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सुनकोसीको भाडबेँसीबाट बालुवा बोकेर धितुङतर्फ जाँदै गरेको ट्याक्टरलाई प्रहरीले रातको २ बजे नियन्त्रणमा लिएको जनाएको छ ।
२५ असारमा हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारको भदौरे स्थित दुधकोसीबाट अवैध रुपमा नदीजन्य बालुवा उत्खनन गरेर ओसार–पसारमा प्रयोग भइरहेको प्रदेश २०३०१ त ५०२३ नम्बरको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
यस्तै, २९ असारमा नदीबाट अवैध रुपमा बालुवा निकालेर लैजाँदै गरेको अवस्थामा प्रदेश २०१–००१ त १८५० नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएर बुझाएको ट्याक्टरलाई ‘एक पटकका लागि’ प्रति वटा १ हजार ५०० का दरले जरिवाना गरेर छाडिएको हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर रमेश राउतले बताए ।
हलेसी तुवाचुङ नगरपालिकाले नदीको ढुंगा, गिटी र बालुवा संकलन एवं बिक्री वितरणका लागि ठेक्का आव्हान गरेको थियो । तर बढी रकम तोकिएकाले दुई पल्ट ठेक्का आव्हान गर्दा पनि ठेक्का नलागेको नगरपालिकाले जनाएको छ । नदीबाट बालुवा निकाल्ने सहज वातावरण हुँदा भौतिक संरचना निर्माणको काम भने प्रभावित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातको बजेट भाषण: सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
-
स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण