मोरङ कारागारमा ४८ जना कैदीबन्दीलाई ज्वरो, कोरोना संक्रमित भएर २३ जना अस्पताल भर्ना
मोरङको विराटनगर–८ स्थित जिल्ला कारागारभित्र कोरोना संक्रमित भएर अस्पताल भर्ना हुनेको कैदीबन्दीको संख्या २३ पुगेको छ । संक्रमितलाई कोशी कोभिड–१९ अस्पतालमा भर्ना गरिएको छ । शुक्रबार ४८ जना ज्वरो आएका कैदीबन्दीको नमूना संकलन गरिएको छ । यसअघि, कारागार प्रशासनले बिहीबार उपचारका लागि अस्पताल भर्ना गरेकामध्ये एक जनाको मृत्यु भएको थियो । तर, मृत्युको कारण कोभिड नै हो भन्ने पु्ष्टि भइसकेको छैन ।
मृत्यु हुनेमा ३९ वर्षीय कैदी निरबहादुर नेपाल छन् । उनको मृत्यु भने कोरोनाका कारण नभएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।
नेपाल ज्यान मार्ने उद्योगको मुद्दामा अदालतले दोषी ठहर गरेपछि २०७६ साउन २५ गतेदेखि कारागारमा बसेर कैद सजाय भुक्तान गरिरहेका थिए । स्थानीय प्रशासनले कारागारका सबै कैदीबन्दीहरुलाई कोरोना विरुद्ध लगाइएको खोपको विस्तृत विवरण पनि माग गरेको छ ।
शुक्रबार आकस्मिक बसेको कोभिड क्राइसिस मेनेजमेन्ट समितिको बैठकले संक्रमण फैलिएको कारागारमा सावधानी अपनाउने, कोशी कोभिड अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
यस्तै कोभिड अस्पतालमा आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने, आम नागरिकमा सामाजिक दुरी कायम गराउने, मास्क लगाउन अनिवार्य गर्ने, संक्रमण जोखिमका बारेमा नागरिकलाई जानकारी गराउने लगायतका निर्णय गरेको छ ।
मोरङ कारागारमा १ हजार ८७ जना कैदीबन्दी छन् । कारागारमा महिला ब्लकमा भने कोरोनाको लक्षणका बिरामी नभएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । कोरोना संक्रमण हुने सबै कैदीबन्दी पुरुष हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण